२३ असार २०८१ आइतबार
image/svg+xml

कालाबजारी रोक्न प्रशासनको अनुगमन

चाडपर्वको मौका छोपेर व्यापारीले कालाबजारी गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमन व्यापक बनाएको छ। केही दिनदेखि कार्यालयले निरन्तर अनुगमन गरिरहेको छ।

बिगमार्टको चाडपर्व लक्षित अफर

विगमार्टले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ। दशैं, तिहार तथा छठपर्वको अवसर पारेर विगमार्टले आफ्नो ब्राण्डको सामान खरिदमा छुट अफर ल्याएको हो। विगमार्टले मंगलवार एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्ना विभिन्न १ सय ७५ वस्तुमा छुटको व्यवस्था गरेको जानकारी दिएको हो।

देशकभर सुपथ मूल्य पसल सुरु

चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि मुलुकभर ७० स्थानमा सुपथ मूल्य पसल सुरु भएको छ। सरकारको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य कम्पनी र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सुरु गरेका हुन्।

खसीकाे मासु प्रतिकिलाे ८ सय

भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो। अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो।

यसपालि दुर्गममा खाद्यान्न अभाव नहुने

बर्सेनि दसैंतिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा देशका अति दुर्गम क्षेत्रमा खाद्यान्न अभाव भएका खबर आइरहन्छन्। तर, यसपालि खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिक नेपाल खाद्य संस्थान) ले दाबी गरेको छ।

चाडपर्व नजिकिँदै गर्दा अनुगमन तीव्र

चाडपर्व नजिकिएको छ। बजार भाउ अकासिएको छ। दैनिक उपभोग्य सामानले उपभोक्ताको ढाड सेकाइरहेको छ। खाद्यान्नमा मिसावट र उपभोक्ता ठगिएको गुनासो बारम्बार आइरहेका छन्। उपभोक्ताको गुनासो सुनुवाइका लागि जिल्ला प्रशासन कार्यालयले अनुगमनको कार्यलाई तीव्रता दिएको छ।

‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’

नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उनको भनाइ थियो । “यसको संरक्षण हामी सबैको साझा दायित्व हो”, उनले भने ।

दरमा डर

यतिबेला चाडपर्वका नाममा भोजभतेर गर्न विभिन्न प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको खबरले आश्चर्यमा पारेको छ। हरेक कुरामा राज्यले आफ्ना निकाय परिचालन गर्न जरुरी छैन।

भोजभतेरमा प्रतिबन्धप्रति क्याटरिङ व्यवसायीको आपत्ति

सरकारले विभिन्न चाडपर्वको सिलसिलामा हुने भोज–भतेरमा प्रतिबन्ध लगाएकोमा पार्टी प्यालेस, क्याटरिङ व्यवसायीले आपत्ति जनाएका छन्। सरकारले तिजको दरखाने नाममा पार्टी प्यालेसहरूमा भोजभतेर नगर्न भनेपछि महासंघले आपत्ति जनाएको हो।

माघेसंक्रान्तिमा विदेशी सक्खरखण्ड

हामीले मनाउने संस्कृति र चाडपर्वसँगै विभिन्न परिकार पनि जोडिएर आउँछन् तर विडम्बना के छ भने हामीले चाडपर्वलाई निरन्तरता दिँदै गयौं तर तीसँग जोडिएका परिकारको उत्पादनलाई भने बिर्सियौं।

ग्रामीणदेखि सहर बजारसम्म म्याद गुज्रिएका सामग्री

चाडपर्व नजिकिएसँगै ग्रामीणदेखि सहरक्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पदार्थ बिक्री भइरहेको पाइएको छ। नियमित अनुगमन नहुँदा त्यसको प्रभाव यस क्षेत्रका बजारमा म्याद गुज्रिएका पेय तथा खाद्य पर्दाथको व्यापार फस्टाएको छ।

चाडपर्वमा घुम्ने आन्तरिक पर्यटकको बानीले पोखरा भरिभराउ

पर्यटकीय सिजन र चाडबाडको लामो बिदाले यतिबेला पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय चहलपहल निकै नै बढेको छ । पोखराका सानादेखि ठूला सबैजसो होटलमा यतिबेला आन्तरिक पर्यटक बढी छन् । विदेशीभन्दा पनि आन्तरिक पाहुनाले पोखरामा भीड बढाएको छ।

एक तामाङ्नी आमैको चाडबाड

नेपाल विभिन्न जातजातिले भरिपूर्ण देश हो । त्यसैले त राजा पृथ्वीनारायण शाहले नेपाललाई ४ जात ३६ वर्णको साझा फुलबारी भनेका थिए । जातजाति अनुसारकै भेषभूषा, धर्मकर्म र चाडपर्व पनि छन् । नेपालमा सबै जातजातिका चाडपर्वलाई उत्तिकै महत्व दिइएको छ।

आत्मियताको कसिलो डोरी

कुमारी माछापुच्छे र अन्नपूर्ण हिमालको काखमा जन्मे–हुर्केको मान्छे म । झलमल्ल हिमालको उज्यालोमा गमक्क पर्छ हाम्रो पोखरा । हाम्रो गाउँ कालाबाङ फेवातालको पश्चिमपट्टि पर्छ । त्यहीँको भगवती पूर्व प्राविमा शिशु कक्षा पढेपछि ६ वर्षको हुँदा बुबाले मलाई पोखराको गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिनु भयो।

चाडपर्व कसरी मनाउने ?

मैले अघिल्लो अंकमा चाडपर्वको वैज्ञानिकताबारे व्याख्या गरेको थिएँ । हाम्रा चाडपर्वहरु परेको महिना ऋतु कसरी वैज्ञानिक तवरबाट सही छ भन्नेबारे हाम्रा ऋषिहरुको धारणालाई व्याख्या गरेको थिएँ । मैले यस लेखमा हिजोआज हामीले जसरी चाडपर्व मनाइरहेका छाैं त्यसरी नै मनाउने कि केही परिवर्तन गर्न जरुरी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्