३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

क्वारेन्टाइनमा रहेका नेपाली भन्छन्, ' हामी सुरक्षित छौं' (तस्बिरसहित)

चीनबाट नेपाल फर्काइ क्वारेन्टाइनमा रखिएका नेपालीहरुले आफूहरु सुरक्षित भएको सुनाएका छन्। नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरुले नेपाल पुगेपछि पनि आफूहरुले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रि«य मापदण्ड अनुसार सेवासुविधा पाएकोमा खुशी व्यक्त गरे। नेपाल जस्तो देशले पनि आफूहरुले सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै नेपाल सरकारप्रति आभार प्रकट गरे।

नेपालगञ्जमा औद्योगिक गणना हुने

यही फागुनको दोस्रो साताबाट नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने भएको छ। तथ्याङ्क कार्यालय नेपालगञ्जका प्रमुख दानबहादुर ऐरीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क आवश्यक पर्ने भएकाले औद्योगिक गणना तथा सर्वेक्षण हुन लागेको बताए।

उपेक्षामा स्वदेशी

भारत, चीन, जापान, थाइल्यान्डलगायत मुलुकमा पर्यटन उद्योगको ठूलो हिस्सा आन्तरिक पर्यटनले नै धान्ने गरेको पाइन्छ। तर नेपालमा अहिलेसम्मै सरकारदेखि चिया पसलसम्मले पर्यटक भनेका विदेशी मात्रै हुन् भन्ने सोच पालिरहेको पाइन्छ।

धनबहादुरलाई सूर्य नेपाल वेस्टर्न ओपन

दुई वर्षपछि पोखराको हिमालयन गल्फ कोर्समा त्रिभुवन आर्मी क्लबका गल्फर धनबहादुर थापाले २०औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन टुरको उपाधि जितेका छन्।

नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?

सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको लिखित कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ।

पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ।

‘क्रीडास्थल’ बन्ने खतरामा नेपाल

मूलधारका दल र तिनका नेता आफ्नै स्वार्थमा केन्द्रित रहेकाले अहिलेको माहोलमा नेपाल ठूला शक्तिको भयानक क्रीडास्थल बन्ने बलिया लक्षण देखिन थालेका छन्।

सुरु भयो तेस्रो निफ

कलात्मक विधा फिल्मले समाजको विचार र मुद्दालाई जिवन्त बनाइदिएको छ। फिल्म मेकिङमा लागेको ४० वर्षभन्दा बढी भइसक्दा यसको फरक शैलीमाथि अभ्यास गरिरहेको छु। सांस्कृतिक विविधताले भरिएको सुन्दर नेपालमा आएर फिल्म महोत्सवमा सहभागी हुन पाएको छु।

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु, दुई घाइते

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

‘नेपाली सेना सुरक्षा निकाय हो की ठेक्का पट्टा निकाय?’

नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने माग समितिमा उठेको छ। सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै सांसदहरुले समितिमा छलफल गरी छानबिन गर्नुपर्ने माग सांसदहरुले गरेका हुन्।

कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारकै संरक्षणमा मुलुकमा संस्थागत भ्रष्टाचार भएकोर संवैधानिक व्यवस्थाविपरीत गतिविधि तीव्र बनाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

नेपालको कीर्तिमानी जित

शृंखलाका चारमध्ये दुई खेलमा सफलता प्राप्त गरेको नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै श्रीलंकाको १६ वर्षअघिको कीर्तिमानसँग बराबरी ग-यो।

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, सात जना घाइते

सल्यानबाट बुटवल जाँदै गरेको नेपाली सेनाको गाडी सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको छ। उक्त दुर्घटनामा सल्यानस्थित नेपाली सेनाको सबुज गणका मेजर ईश्वर सिलवालसहित सात जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्