१९ असार २०८१ बुधबार
image/svg+xml

पोखरामा हिमाली च्यांग्राको मेला (तस्बिर सहित)

दसैं नजिकिएसँगै पोखरामा हिमाली च्यांग्रा पनि भित्रिएका छन्। पोखराको हेम्जा, याम्दी, सिमपानी लगायतका क्षेत्रमा अहिले च्यांग्राको मेला नै लागेको छ। मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभई आसपासका विभिन्न जिल्लासम्म पु¥याइन्छ। पोखराभित्र र आसपासका क्षेत्रका उपभोक्ता पनि यो बेला च्यांग्रा किन्न हेम्जा क्षेत्रमा पुगेका छन।

मुस्ताङबाट आठ हजार च्यांग्रा पोखरा ल्याइँदै

डोल्पा र चीनको स्वशासितक्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्।

मुस्ताङबाट पोखराका लागि हिडे ५४ सय च्यांग्रा

डोल्पा र चीनको स्वशासित क्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्। अघिल्ला वर्षमा डोल्पा र तिब्बतबाट पर्याप्त आउँदा मुस्ताङबाट पोखरा झर्ने च्यांग्राको संख्या ठूलो हुने गरेको थियो। अहिलेसम्म ५ हजार ४ सय च्यांग्रा मुस्ताङबाट पोखराका लागि हिडिसकेका छन्।

महंगो परेपछि खाद्यले दसैंमा मुस्ताङी च्यांग्रा नकिन्ने

खरिद मूल्य महंंगो पर्ने र पर्याप्त मात्रामा नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भएको छ। मुस्ताङको साटो रसुवाबाट च्यांग्रा खरिद गर्ने खाद्यको तयारी छ। खाद्यले योपटकको दसैंमा खरिद गर्नेगरि खसीबोका र च्यांग्राका लागि बजेट भने छुट्याएको छ।

एउटै च्यांग्राको मूल्य आधा लाख

‘किसानको गोठमै महँगो छ, चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्यांग्रा आएका छैैनन्’, भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङका प्रमुख डण्डपाणि शर्माले भने, ‘स्थानीय उत्पादनले बजारको माग पूरा गर्न सक्दैन।’ उनका अनुसार तिब्बतबाट भेडा–च्यांग्रा नआउँदा मूल्य बढेको हो।

पोखरामा हिमाली च्यांग्रा (फोटोफिचर)

मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभइ विभिन्न जिल्लासम्म पुर्‍याइन्छ। कोरोना संक्रमणले गर्दा मेला लाग्न नपाएपछि यो पटकको दशैँका लागि पनि तिब्बतबाट हुने भेडा च्यांग्राको आयात समेत हुन पाएको छैन।

खाद्यले दशैंमा दुई हजार खसी बोका किन्ने, च्यांग्राबारे टुंगो छैन

‘दशैंका लागि मुस्ताङबाट च्यांग्रा किन्ने योजना हो। तर, किन्ने वा नकिन्ने भन्ने निर्णय भने भइसकेको छैन’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता सर्मिला सुवेदीले भनिन्, ‘मुस्ताङस्थित खाद्यको शाखा कार्यालयले स्थलगत रिपोर्ट पनि दिएको छ। तर, यो पटक च्यांग्राको मूल्य अधिक बढेको जानकारी पाएकोले किन्ने वा नकिन्ने भन्ने अझै टुंगो लागेको छैन्।’

पोखरामा च्यांग्रा मेला (फोटोसहित)

हिमाली जटिबुटी खाएर हुर्केका च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।

यो दसैंलाई हिमाली च्यांग्रा कम

कोरोना भाइरस संक्रमणले नाका बन्द भएपछि यसपटक छिमेकी चीनको तिब्बतबाट च्यांग्रा नभित्रिने भएका छन् ।

तिहारका लागि भेंडाच्यांग्रा भित्रिए

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट तिहारको लागि भेंडाच्यांग्रा आयात गरिएको छ। तिहार आउन केही समय बाँकी रहँदा नाकाबाट ६० वटा भेंडाच्यांग्रा भित्रिएका हुन्।

चीनबाट तीन हजार भेडाच्यांग्रा

छिमेकी देश चीनसँग सिमाना जोडिएका कर्णालीका हुम्ला र डोल्पाका विभिन्न नाकाबाट दसैंका लागि तीन हजार भेडा/च्यांग्रा भित्रिएका छन्। बजारमा बढ्दो मागसँगै व्यापारीले चीनको तिब्बतबाट भेडा/च्यांग्रा भित्र्याएका हुन्।

तातोपानीबाट भेडाच्यांग्रा भित्रिन थाले

उत्तरको तातोपानी नाकाबाट दसैं–तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रिन थालेका छन्। एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन तिब्बतबाट भेडाच्यांग्रा भित्रिएका हुन्।

तातोपानीबाट भेडाच्याङग्रा भित्रन थाले

एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन एक हजार एक सय भेडाच्यांग्रा तिब्बतबाट तातोपानी ल्याइपुर्याइएको छ। सिन्धुपाल्चोक–उत्तरको मुख्य तातोपानी नाकाबाट दसैँ, तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रन थालेका छन्।

दसैंमा हिमाली च्यांग्राको स्वाद

दसैंमा सबैभन्दा बढी चासो मासुको हुन्छ। त्यसैले त अरु बेलाको तुलनामा दसैंमा दोब्बर बढी मासु खपत पनि हुन्छ। मासुमा पनि च्यांग्रा भनेपछि उपभोक्ता झनै हुरुक्कै हुने गरेका छन्। हिमाली जडीबुटी खाएर हुर्केका ती च्यांग्रा पाएसम्म उपभोक्ताले अरू खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौं च्यांग्रा पोखरामा केही दिनको अन्तरमा किनबेच हुन्छ।

रसुवागढी नाकाबाट भेंडाच्यांग्रा आयात सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेंडाच्यांग्राको आयात सुरु भएको छ। दसैं आउन केही समय बाँकी रहँदा नाकाबाट भेंडाच्यांग्राको आयात सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्