२२ असार २०८१ शनिबार
image/svg+xml

भोकभोकै मरे भेंडाच्यांग्रा

बाक्लो हिमपातले चरनसमेत पुरिएपछि हिमाली जिल्ला मुस्ताङमा सयौंको संख्यामा भेंडाच्यांग्रालगायत पशु मरेका छन्। लोमान्थाङ गाउँपालिकाको चुङजुङका किसानले पालेका भेंडाच्यांग्रा मरेका हुन्। गाउँका चारजना किसानले पालेका ती भेंडाच्यांग्रा मरेको स्थानीयले बताए। पशु मरेपछि किसानले ठूलो क्षति भोग्नु परेको छ।

मुस्ताङबाट २६ हजार भेंडाच्यांग्रा बाहिरिए, ३५ करोड कृषकको हातमा

दसैं तिहारमा हिमाली जिल्लाबाट करिव २६ हजार भेंडाच्यांग्रा बाहिएका छन् । पर्याप्त चरन, बजार मूल्यका साथै भेंडापालनमा आकर्षण बढ्दै जान थालेपछि गत वर्षभन्दा धेरै भेंडाच्यांग्रा निकासी भएको छ।

१७ हजार भेडाच्यांग्रा निकासी

दसैंलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेडाच्यांग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौं लगाएर ल्याइएका भेडाच्यांग्रा म्याग्दी हुँदै निकासी गरिएको हो।

रसुवागढी नाकाबाट भेंडाच्यांग्रा भित्रिँदै

नाका रसुवागढीबाट भेडाच्यांग्राको आयात सुरु भएको छ। दसैं आउन केही समय बाँकी रहँदा नाकाबाट भेडाच्यांग्रा आयात सुरु भएको हो।

शुक्रबारबाट काठमाडौंमा मुस्ताङका च्यांग्रा बिक्री

नेपाल खाद्य संस्थानले शुक्रबारबाट दसैंका च्यांग्रा र खसी बिक्री सुरु गर्ने भएको छ। संस्थानले काठमाडौंका उपभोक्तालाई बेच्न मुस्ताङमा नौ सय २५ च्यांग्रा किनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्