३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अष्ट्रियामा मनाइयो अन्तर्राष्ट्रिय सगमाथा दिवस

अष्ट्रियामा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। भियनास्थित नेपाली राजदूतावासको आयोजनामा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा स्थानीय समयअनुसार बुधबार राति विशेष समारोह गरेर सगरमाथा दिवस मनाइएको हो।

एचआइभी संक्रमित श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। उनले वुधबार बिहान शिखर चुमेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्। दुई जना शेर्पा सहित उनी चुचुरोमा पुगेका थिए।

पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ।

आफैंलाई जित्दै कामिरिता

सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पासँगै पहिलोपटक सगरमाथा चढेका एडमन्ड हिलारीले भनेका थिए, ‘सगरमाथा दोस्रोपटक कसले चढ्यो भनेर कसैले हेक्का राख्दैन्।’ उनले त्यस्तो बताएको ६६ वर्षपछि ४९ वर्षीय कामिरितालाई धेरैले हेक्का राखे। सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका सोलुखुम्बु थामे गाउँमा जन्मेका शेर्पाले यसपटक दक्षिणी मोहडाबाट शिखर चुमेको पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाल जानकारी दिए।

हाई अल्टिच्युडले पदयात्रीको ज्यान गयो

हिमाली जिल्ला मुस्ताङको सारेबुङ हिमाल (६३४६ मि) आरोहण र त्यस भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्रीको हाई अल्टिच्युडका कारण ज्यान गएको छ। टोलीमा रहेका अरू दुईजना नेपाली गाइड पनि बिरामी परेका छन्।

लाङटाङ लिरुङमा आरोहण अनुमति

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको लाङटाङ लिरुङ आरोहणका लागि सरकारले अनुमति दिएको छ। लाङटाङ लिरुङ आरोहणका लागि एउटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। जसमा दुईजना सदस्य छन्।

हिमाल आरोहणमा कर्मचारी नेताको हालीमुहाली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृत तीर्थ चापागाईं र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा नेपाल निजामती कर्मचारी युनियन (संघ) का नेता विश्वबन्धु रेग्मीले फेसबुक स्टाटसमा ‘गन्तव्य सगरमाथा’ लेख्दै सम्पर्क अधिकारी (लियोजन अफिसर) का रूपमा मंगलबारदेखि सगरमाथा आरोहणका लागि यात्रा सुरु गरे।

आरोहीको ओइरो ः ४८ करोडभन्दा बढी रोयल्टी

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ। यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्यामा उत्साहजनक वृद्धि भएको छ।

धादिङको पाल्दोर हिमालको सफल आरोहण

पाँच हजार नौ सय तीन मिटरको उचाइको धादिङकोे पाल्दोर हिमालका आरोहीले सफल आरोहण गरेका छन्। जिल्लाको पर्यटन विकासका लागि सातजना कोरियन, दुईजना मंगोलियन र पाँचजना नेपाली आरोहीले गणेश हिमालछेउ रहेको पाविल पाल्दोर (पाविल) हिमालको सफल आरोहण गरेका हुन्।

तीन देशका साहसिक महिला सगरमाथा आरोहण गर्दै

नेपाल, भारत, र चीनका तीन महिलाले संयुक्त सगरमाथा आरोहण गर्दै छन्। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामु मालाई नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्तरण गरी सफल आरोहणको शुभकामनासमेत दिएका थिए।

४ सय ६ जना हिमाल आरोहण गर्दै

बसन्तकालीन सिजनको लागि १८ हिमाल आरोहण गर्न पाँच सय ६ जनाले अनुमति लिएका छन्। सगरमाथासहित विभिन्न १८ हिमाल आरोहण गर्न पर्यटन विभागबाट आइतबारसम्म विभिन्न देशका  नागरिकले आरोहण अनुमति लिएका हुन्। विभागले ६ हजारभन्दा बढी उचाइका हिमाल आरोहण अनुमति दिने गरेको छ।

जुगल हिमालमा पहिलो मानव पाइला

राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखलाको चुचुरोमा पहिलो मानव पाइला परेको छ। हिमशृंखलाको ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्चेन पिक (चुचुरो) को पहिलो पटक सफल आरोहण भएको हो। सगरमाथा आरोही सिन्धु चेली माया गुरुङ नेतृत्वमा तीन जनाले मंगलबार साँझ ग्याल्जेन हिमालको सफल आरोहण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्