यसरी चढिन्छ सगरमाथा
संसारकै सर्वोच्च शिखर हो सगरमाथा। सन् १९५३ मा पहिलोपटक स्वर्गीय तेन्जिङ शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पाइला राखेका थिए। त्यसयता संसारभरका पाँच हजारभन्दा बढीले सगरमाथाको शिखर चुमिसकेका छन्।
संसारकै सर्वोच्च शिखर हो सगरमाथा। सन् १९५३ मा पहिलोपटक स्वर्गीय तेन्जिङ शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पाइला राखेका थिए। त्यसयता संसारभरका पाँच हजारभन्दा बढीले सगरमाथाको शिखर चुमिसकेका छन्।
तिब्बतबाट सगरमाथा आरोहण गर्न २१ जना नेपाली आरोही तिब्बत प्रस्थान गरेका छन्। शनिबार २१ जनाको समूह चीन प्रवेश गरेको अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ। एन्दोर्जी शेर्पा, लाक्पा ह्यालु शेर्पा, लाक्पा ह्याल्जेन शेर्पा, तेम्बा भोटे, रिन्जेन शेर्पा, मुक्तु लाक्पा शेर्पा, नुर्वु छिरिङ शेर्पालगायत सगरमाथा आरोहणका लागि तिब्बत गएका हुन्। बर्सेनि सगरमाथाको तिब्बती मोहोडाबाट पनि आरोही सगरमाथा आरोहणका लागि जाने गरेका छन्।
पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ।
जुगल हिमाल आरोहणको तयारी अन्तिम चरणमा पुगेको छ। पहिलो पटक हुन लागेको आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङले गर्दैछिन। गुरुङ नेतृत्वको टोली आरोहणका लागि चैत १५ गते त्यसतर्फ लाग्नेछ। जुगल गाउँपालिका र प्रदेश नम्बर तीनको संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले बुधबार पत्रकार सम्मेलन गरेर हिमाल आरोहणबारे जानकारी दिएको छ। यो आरोहण अवघि कम्तिमा २० देखि ३० दिनसम्म हुने बताइएको छ।
आमादब्लम संसारको ‘ब्युटिफुल माउन्टेन’को नामले चिनिन्छ। तर, माउन्टेन जति ब्युटिफुल छ, आरोहणचाहिँ त्योभन्दा धेरै कठिन। जे कठिन भनिन्छ, त्यही काम गर्न मन लाग्छ मलाई। स्काउटिङ शिक्षामा भनिएको छ, ‘स्काउट बहादुरी र साहसी हुन्छ।’
यस वर्षको शरद ऋतुमा ५४ वटा हिमाल आरोहणका लागि एक हजार तीन सय ३८ आरोहीले अनुमति लिएका छन्। विगतको तुलनामा यो शरदमा ४० प्रतिशत बढी आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
आरोहण अनुमति पाएपछिको पहिलो टोलीले म्याग्दीको गुस्तुङ हिमाल (६४६५मि) को सफल आरोहण गरेको छ । गुर्जा हिमाल छेउको चुचुरो गुस्तुङ अघिल्लो बुधबार आरोहण गरिएको हो । विदेशी ६ र तीनजना नेपाली गरी नौजनाको आरोही टोली आरोहण सकेर म्याग्दीको गुर्जा गाउँ फर्किसकेको छ।
अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन्।
नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (एभरेस्ट÷चोमोलोङमा) चढ्न संसारभरका मानिस लालायित छन् । कुनै एक पर्वतारोहीको अन्तिम मन्जिल सगरमाथा आरोहण हो । विश्वका विभिन्न देशका विभिन्न पर्वत चुली चढिसकेका आरोहीहरूले अन्तिममा सगरमाथाको टुप्पोमाथि उक्लने लक्ष राखेका हुन्छन्।
प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राखेका छन्।
तिब्बतको छोइउ हिमाल आरोहण गर्न गएका एक दक्षिण कोरियालीको चीनमा मृत्यु भएको छ।
सगरमाथा आरोहणका क्रममा एक जापानी नोबुकाजु कुरीकीको मृत्यु भएको छ।
यो वर्ष सगरमाथा आरोहणका लागि ३ सय ४६ जनाले अनुमती लिएका छन्। जसमा १ भन्दा बढिले सगरमाथा आरोहण गरीसकेका छन् भने अझै अधिकांश आरोहीहरू आरोहणका लागि आधार शिविर, क्याम्प, १, २, ३, ४ हुँदै चुचुरोतिर लागेका छन्।
६ वर्षपछि नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो शिखर कञ्चननजंघामा यो वर्ष ५ जनाले आरोहण गरेका छन्। ८ हजार ५ सय ८६ मिटर अग्लो यो शिखरको पूर्वी मोहोडाबाट आरोहण भएको छ।
सगरमाथा आरोहणको आज पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।