३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कामीरिताको २२ औं पटकको कीर्तिमानी आरोहण

आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् ।

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

आरोहण उत्सव

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि औपचारिक रुपमा शिखर आरोहणको ढोका खुल्यो।

‘हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएकोे बताएका छन्।

सगरमाथा आरोहणको कालो दिन, हिमपहिरो दुर्घटनाको ४ वर्ष

१६ जनाको मृत्यु हुने गरी सगरमाथा क्षेत्रमा हिमपहिरो गएको बुधबार ४ बर्ष पूरा भएको छ। २०७१ बैशाख ५ अर्थात सन् २०१४ अप्रिल १८ मा गएको हिमपहिरोमा परी १६ जना नेपाली शेर्पा गाइडको मृत्यु भएको थियो।

सगरमाथा आरोहणको क्याम्प २ सम्म बाटो बन्यो

सगरमाथा आरोहणका लागि क्याम्प २ सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्म बाटो खुला

सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्मको बाटो निर्माण भएको छ। सगरमाथाको आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

आरोहणको सिजन सुरु, आरोही धमाधम हिमालतिर

हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन्।

सगरमाथा आरोहणका लागि ४ समूहले लिए अनुमति

सगरमाथा आरोहणका लागी ४ समूहले अनुमति लिएका छन्। सगरमाथा अरोहणको उपयुक्त मौसम भएकाले सिजन सुरु भएसँगै पर्यटकहरू सगरमाथा आरोहणका लागि नाम्चेबाट उकालो लागेका छन्।

तेन्जिङ–एडमन्ड आरोहणका साक्षी

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा...’ रेडियो नेपालमा एक समय धर्मराज थापाको यो गीत निकै गुन्जियो । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पासँगै न्युजिल्यान्डका सर एडमन्ड हिलारी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेपछि यो गीत रिलिज भएको थियो । अहिले भने यो गीत त्यति सुनिँदैन।

महिला सशक्तिकरणका लागि सगरमाथा आरोहण

‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मुलनाराको साथ दिकी शेर्पाले सगरमाथा आरोहण गर्ने भएकी छिन्।

आरोहण प्रमाणपत्र रोक्का, आरोही दुःखी

वाह ! हिमाल चढाउने पेसा । नाम पनि, दाम पनि । हिमाल चढाउने आरोहीलाई धेरैले यसै भन्छन् । हिमालका चुनौतीसँग लड्ने साहस जुटाएर अरुलाई हिमाल चढाउँछन् उनीहरू । तर, उनीहरू आफ्नो कामप्रति सन्तुष्ट छैनन् । दुई वर्षयता सरकारबाट हिमाल चढेको प्रमाणपत्र नपाउँदा उनीहरू निराश भएर हिमाल चढिरहेका छन् । लाक्पा राङ्डु शेर्पाले गत वर्षको सिजनमा चार विदेशीलाई सगरमाथाको चुचुरो चुमाए । तीनलाई सरकारले सगरमाथा चढेको प्रमाणपत्र दियो ।

सगरमाथाभन्दा ल्होत्से आरोहण गर्न कठिन

दक्षिण कोरियाली आरोही होङ साङ टेकले चारपटकसम्म ल्होत्से हिमाल (८,५१६) आरोहणको प्रयास गरे पनि सफल भएनन् । तर उनले हिम्मत हारेनन् । ल्होत्सेको चुचुरो चुम्नेसपनालाई पछ्याइरहे । त्यही सपना पूरा गर्न उनको टोली पाँचौपटक ल्होत्से आरोहणका लागि शनिबार बेसक्याम्प तर्फ हिँडेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्