सगरमाथामा आरोहणमा जिपिएस ट्र्याकिङ
सरकारले सगरमाथा आरोहण व्यवस्थित र पारदर्शी बनाउन 'ग्लोबल पोजिसनिङ सिस्टम' (जिपिएस) ट्र्याकिङ प्रयोग गर्ने भएको छ। सगरमाथा आरोहण क्रममा आरोहीले प्रयोग गरेको रुटका विषयमा वस्तुगत सूचना दिने भएका कारण सरकारले जिपिएस प्रयोग गर्ने भएको हो। 'पर्यटन विभागका अनुसार सरकारले प्रारम्भिक चरणमा ५० लाखको बजेट तर्जुमा गरे पनि १३ लाखमात्रै छुट्ट्याएको हो। १–२ सातापछि यसका लागि टेन्डर गर्दैछ। पहिलो चरणमा २० वटासम्म जिपिएस सगरमाथा आरोहणमा प्रयोग गरिने छ।'