३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सलामी दस्तुरमा छुट दिने तयारी

हालसम्म हिमाल आरोहणमा लिइने सलामी दस्तुरमा छुट दिने तयारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन सरकार तयार रहको बताएका छन् ।

शरद ऋतुको आरोहण : १२०० आरोही हिमालमा

सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन्। सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन्।

१४ पटक सगरमाथा आरोहण गरेका बेलायती नागरिकले भनेः नेपालीबाट हामीले सिक्नुपर्छ

सगरमाथा आरोहण गरिसकेका ब्रिटिस पर्वतारोहीहरुले नेपालको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

निर्मल पूर्जाको हिमाल आरोहणमा ‘विश्व रेकर्ड’, ७ महिनामा विश्वका १४ हिमालको आरोहण

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन्। सोमबार चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही भएका छन्।

सगरमाथा आरोहण असफल अन्य हिमालमा भने आरोही गन्तव्यतर्फ

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्। गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए।

जापानका सम्राट नारुहितोको औपचारिक राजगद्दी आरोहण सम्पन्न

जापानमा भर्खरै हगिबिस समुद्री आँधीका कारण धनजनको क्षति भएकाले पीडितप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ।

आरोहण दस्तुर पाँच करोड १० लाख

यस वर्षको शरद ऋतु (अटम सिजन)मा हिमाल आरोहीबाट शनिबारसम्म पाँच करोड १० लाख ५९ हजाररुपैयाँ दस्तुर संकलन भएको छ।

सगरमाथा आरोहणबाट ४४ करोड राजस्व संकलन

सगरमाथा आरोहण असुरिक्षत हुँदै गएको र आरोहण दलसँगै जाने सम्पर्क अधिकृत (लियाजन अफिसर) बेसक्याम्पमै नपुगी आरोहण प्रमाणित गर्ने गरेको समाचार आएपछि छानबिन गर्न समिति गठन भएको छ।

सगरमाथाकै बेइज्जत

सगरमाथा आरोहणलाई व्यवस्थित तुल्याउन सरकारले सम्पर्क अधिकृत (लियाजन अफिसर) को व्यवस्था गर्ने गरेको छ। जसले आरोहीको सगरमाथा चढाइ पुष्टि गर्नेदेखि आरोहणका क्रममा आइपर्ने विभिन्न समस्या समाधानका लागिसमेत सहजीकरण गर्ने अपेक्षा गरिन्छ। तरभर्खरै सार्वजनिक एउटा समाचारले यस्ता सम्पर्क अधिकृतहरूको गलत क्रियाकलापका कारण मुलुकको गर्व सगरमाथाकै बेइज्जत हुने स्थिति सिर्जना भएको छ। यसरी खटाइएका सम्पर्क अधिकृतहरूले लाखौँ रुपियाँ लिएर नक्कली आरोहीलाई हिमाल आरोहण गरेको पुष्टि हुने प्रमाणपत्र दिएको पाइएको छ। त्यतिमात्र हैन, कतिपय सम्पर्क अधिकृतहरू हेलिकोप्टरबाट सगरमाथा आधार शिविर पुग्ने र तत्काल काठमाडौँ फर्किने गरेकासमेत फेलापरेको छ। यस्ता कुकार्यले एकातिर सगरमाथा आरोहणका क्रममा हुने लापरबाहीलाई उजागर गरेको छ भने अर्कोतर्फ ‘सगरमाथा चढेँ’ भनेर प्रमाणपत्र नै लिएकाप्रति पनि शंका उब्जने भएको छ। खासमा आरोहणका क्रममा आइपर्ने समस्या सहजीकरण गर्ने तथा आरोहणका सौखिनहरूलाई व्यवस्थिततवरबाट इच्छा पूरा गर्न सघाउने उद्देश्यले सरकारले सम्पर्क अधिकृत व्यवस्था गरेको हुन्छ। यसरी खटाइने सम्पर्क अधिकृतमा सरकारी कर्मचारी नै हुने गर्छन्।

दलित समुदायको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा

दलित समुदायबाट पहिलो पटक कुमारी ज्ञानमाला रन्पाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकी छिन्। दलित समुदायबाट पहिलो पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्ने विजय घिमिरे विश्वकर्मासँंगै कुमारी ज्ञानमाला रन्पाल सगरमाथाको शिखर चुम्न सफल भएकी हुन्।

बेस–क्याम्प नपुगी हिमाल आरोहण प्रमाणित

सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपिसिसी) का अनुसार ९८ लियाजन अफिसरमध्ये २२ जनामात्र बेसक्याम्प पुगेका छन्। आरोहीलाई हिमाल आरोहण गरेको प्रमाणित गर्न कुनै वैज्ञानिक विधि छैन। हिमालको फेदमा बसी चुचुरोमा पुगेको प्रमाणित गर्नुपर्ने हुन्छ।

बेस–क्याम्प नपुगी हिमाल आरोहण प्रमाणित

६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहण समूहमा लश्रजना सरकारी कर्मचारी सम्पर्क अधिकारी ९लियाजन अफिसर०को रूपमा जानुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार यो मौसममा ९८ कर्मचारी लियाजन अफिसर भई आरोहण दलमा पुगे तर तीमध्ये २२ जना कर्मचारीमात्रै बेस क्पाम्प पुगे। बाँकी बिरामी भएँ भन्दै बेस क्पाम्पबाटै फर्के।

६ घण्टा १ मिनेटमा मिङ्माले गरे सगरमाथाको सफल आरोहण

हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।

सगरमाथामा मृत्युको व्यापार

आरोहण क्षेत्रमा अहिलेका विकृतिबारे चर्चा हुन थालेपछि बल्ल सरकारले अध्ययन टोली गठन गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्