१९ असार २०८१ बुधबार
image/svg+xml

सदन खुलाउनेबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठकआज बस्दै छ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

सुन तस्करीबारे आधिकारिक धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

केही दिन अघि त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले नागरिक न्यूजलाई बताए। बैठक १२ बजेका लागि बोलाइएको छ।

सांसदको संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छुः गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बन्न फेरि प्रयास गर्ने बताएका छन्। विराटनगरमा शनिबार पत्रकारहरूसँगको महामन्त्री थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका हुन्।

प्रधानमन्त्रीको अभिव्यक्तिमा एमालेको आपत्ति

प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ।

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो’

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन्।

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।

नेकपा एसकाे संसदीय दलको बैठक बस्दै

बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ। बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन्।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ।पार्टीको मुख्यालय धुम्बाराहीमा जारी बैठकमा असार ७ गतेको पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको बताइएको छ।

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न!

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् कसरी सञ्चालन हुनुपर्छ भनी संविधान, नियम र स्थापित अभ्याससहित नियमावलीमा सविस्तार स्पष्ट व्यवस्था गरिएको बताए।

जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन।

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो।

रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो पार्टीले जनाएको छ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

संसद भवनमा सोमवारदेखि शुरु भएको बैठकमा आज पनि पार्टीका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन्।

परिसंघले राजनीतिक दलसँग छलफल थाल्यो

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्