६ आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौँमा १० गतेबाट विद्यालय खोल्ने निर्णय, २७ बुँदे मापदण्ड पालना गर्न पत्र

विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडा समेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने भएको छ।

कर असुल गर्न पञ्चेबाजा

आजदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुगेको छ।

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट खोप दिईने

आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो।

कामनपा १२ वडा कार्यालय भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।

तीन दिनभित्र कर तिर्न २३ वटा ठूला करदातालाइ काठमाडौं महानगरपालिकाकाे चेतावनी

महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो।

काठमाडौं–१५ का १५ स्थानमा १५ दिने कोरोना जनचेतना अभियान

काठमाडौं महानगरपालिका वडा नं. १५ समितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कोराना भाइरसबाट बच्ने र बचाउने जनचेतना तथा जागरण अभियान सम्पन्न गरेको छ। वडा १५ का १५ स्थानमा १५ दिन सञ्चालन गरिएको अभियान शनिबार सम्पन्न भएको हो।

काठमाडौंमा स्थानीयको सुझाव सम्बोधन

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि करिब १९ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगरसभाको नवौं अधिवेशनमा १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँ बराबरको बजेट पेस गरेकी हुन्।

मेलम्ची नगरपालिकालाई काठमाडौँ महानगरपालिकाको दुई करोड सहयोग

आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गरेका हुन्।

तास, कौडा र १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

परीक्षणको दायर बढाउँदै काठमाडौं महानगरपालिका

महानगरपालिकाका प्रायः सबै वडामा मानिसको बाक्लो बस्ती रहेकाले पछिल्लो समय हरेक दिन सङ्क्रमण बढिरहेका छन्। नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमणबाट मानिस थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन यस किसिमको अभ्यास गर्न लागेको हो।

४३ हजारले लगाए भेरोसेल खोप

काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन्। पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो।

काठमाडौं महानगरपालिकामा असार पहिलो सातादेखि विद्यालय संचालन गर्न निर्देशन

सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने

कक्षा ८ को परीक्षा स्थगित

यसअघि आगामी जेठको ३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको परीक्षा अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरेको हो।

समस्या परे जनप्रतिनिधिलाई सीधै सम्पर्क गर्न आग्रह

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्