६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोभिड देखिएका विद्यालय एकसाता बन्द गर्न निर्देशन

काठमाडौं महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, शिक्षा विभागले शुक्रबार विद्यालय सञ्चालन सम्बन्धमा निर्देशन जारी गर्दै महानगरभित्रका कुनै पनि विद्यालय, शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नआएसम्म कम्तीमा एक साताका लागि बन्द गर्नुपर्ने निर्देशन दिएको छ ।

‘स्थानीय भाषासंस्कृति जीवन्त राख्नुपर्छ’

काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, संस्कार, संस्कृति र सम्पदालाई जीवन्त राख्न ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाले महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन गरेको छ।

खानेपानी नआए पनि शुल्क असुल्नु आपत्तिजनकः प्रमुख शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खानेपानी नआए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले शुल्क र जरिवाना लिइरहेकोमा आपत्ति जनाएका छन्।

फोहर व्यवस्थापनमा सहयोग गरिदिन महानगरपालिकाको अनुरोध

फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ। स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन्। विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो।

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो।

काठमाडौं महानगरपालिकाका कर्मचारी समायोजनमा

काठमाडौं महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ। यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो।

कोभिड विरुद्धकाे दोस्रो चरणको खोपका लागि १५ केन्द्र तोकिए

५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ। खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ।

काठमाडौं महानगरपालिकाद्वारा आकाशेपुल मर्मत र निर्माण

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन्। अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।त्यसैगरी नयाँ पुल निर्माणको पहिलो चरणमा चावहिल र पुरातत्व विभाग अगाडि निर्माणको काम सम्पन्न गरी प्रयोगमा नै आइसकेका छन्।

अनधिकृत व्यापार हटाउन पुरातत्त्व विभागसँग माग

वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो', पत्रमा भनिएको छ। वसन्तपुर क्षेत्रमा विभागले हेर्नुपर्ने स्थान भोगचलन गरी भवनमा पुरातात्विक महत्वविपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो आएपछि कामपाले विभागलाई पत्र पठाएको जनाएको छ।

खुलामञ्चमा राखिएका सामग्री हटाइँदै

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ।

काठमाडौं महानगरपालिकाले क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ। यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध

सम्पदा संरक्षण गर्ने नाममा नेवार समुदायलाई एकआपसमा लडाउने तत्व सक्रिय भएको भन्दै उनले सम्पदा अभियन्ताहरू बनेर सम्पदा बनाउनै नदिने व्यक्तिहरूबाट बच्नसमेत आग्रह गरे। हाल कमलपोखरी पुनर्निर्माणमा समेत अनावश्यक विवाद सिर्जना गरिएको शाक्यले बताए।

‘कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी समायोजन गर्नू’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीको पद, दरबन्दी र समूह किटान गरेर मात्र कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारी र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले बुधबार कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको हो ।

बेरोजगार बनेका व्यक्तिले वडा कार्यालयमा सम्पर्क गर्नू, रोजगारी दिन्छौं : काठमाडौं महानगरपालिका

कोरोना महामारीका कारण रोजगारी गुमेका काठमाडौं महानगरवासीलाई स्थानीय सरकारले रोजगारी दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्