१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

श्रीलंकामा नेपाली युवा सम्मानित

श्रीलंकाको राजधानी कोलोम्बोस्थित संसद भवनमा एक विशेष समारोहबीच एक नेपाली सम्मानित भएका छन्। सभामुख करु जयसूर्याले भक्तपुरे युवा लक्ष्मीसुन्दर गाइजूलाई नागरिक वीरता स्वर्ण पदकबाट सम्मान गरेका हुन्।

पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश– पुरानो नेपालको जगेर्ना गरेमात्रै नयाँ नेपाल बनाउन सकिनेछ

पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने बताएका छन्। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नयाँ नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएकोमा चिन्ता व्यक्त गर्दै सम्हालिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

दृष्टिविहिन विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा पनि नेपाल पराजित भएको छ । बुधवार पाकिस्तानको इकबाल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।

नेपालको छापामारशैलीको न्यायप्रति अन्तर्राष्ट्रिय चिन्ता

ग्लोबल पोलिसी फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले एक वक्तव्य प्रकाशित गरी नेपालको छापामार शैलीको न्यायप्रति चिन्ता व्यक्त गरेका छन्।

एक दिवसीय नेत्रहीन क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको जिन्नाह स्टेडियमा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल पाकिस्तानसँग टि–२० र एकदिवसीयमा पराजित हुँदै आएको छ।

के अमेरिकामा नेपालीलाई टीपीएस सुविधा नविकरण होला ?

अमेरिकी सरकारले अमेरिकामा रहेका कागजात बिहिन नेपालीहरुको टीपीएस नविकरण गर्ला कि नगर्ला भन्ने बहस चलिरहँदा दुईवटा मुलुक एलसाल्भाडोर र होन्डुरसको टिपिएस नविकरण गरेन। हुन त ती देशलाई अमेरिकी सरकारले टीपीएस सुविधा दिएको दशक नाघेको थियो।

डेढ सय वर्षपछि नेपाली चियाको लोगो

उत्पादनको डेढ सय वर्ष र अन्तर्राष्ट्रिय बजारमा ‘उच्च गुणस्तर’का रूपमा ख्याती कमाएको लामो समयपछि सरकारले नेपाली अर्गानिक अर्थाेडक्स चियाको लोगोसम्बन्धी निर्देशिका जारी गरेको छ । कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा चियाको लोगो प्रयोगका लागि ‘नेपाली अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ जारी गरेको हो ।

चीन, नेपाल रेल र सिवाङजी

एक हप्ते बसाइका लागि केरुङ नाका हुँदै नेपाल आएका सिवाङजी र मेरो भेट धुन्चे बजारमा भयो । धुन्चेदेखि काठमाडौँको यात्रा दार्शनिक, राजनीतिक र परराष्ट्र सम्बन्धमा केन्द्रित थियो । उनी छिन्टुमा राष्ट्रिय संग्रहालयमा काम गर्ने चिनियाँ कर्मचारी हुन् ।

बर्मामा नेपालीपन खोज्दै

म्यान्मारको कत्था सहरमा सम्पन्न युवा सम्मेलनपछि गत नोभेम्बर २० तारिख बिहान मिचिनातिर लागियो, ‘अखिल म्यान्मा गोर्खा हिन्दू परिषद्’को टोलीसँग । युवा सम्मेलनपछि रंगुन फर्कने योजना परिवर्तन गर्दै परिषद्का अध्यक्ष सागर घिमिरेको निर्णयले हामी मिचिनातर्फ लागेका थियौँ । परिषद्को केन्द्रीय टोली विभिन्न स्थानका शाखाले गर्ने कार्यक्रममा सहभागी हुन मिचिनातर्फ लागेको थियो । र, त्यसैमा मिसिएको थिएँ म पनि ।

नेपाललाई विकसित र सभ्य बनाउने दाहालको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताएका छन्। चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले नेपाललाई संसारले हेर्नैपर्ने देश बनाउनुपर्नेमा जोड दिए।

पश्चिम नेपाल एउटै कोठामा

भनिन्छ, तस्बिर आफैँ बोल्छ । हुन पनि हो, हजारौं शब्द खर्चेर वयान गर्न नसकिने कुरा एउटै तस्बिरले भनिदिन्छ । त्यही तस्बिरको आकर्षणमा लठ्ठिएपछि सशस्त्र प्रहरीका एसपी नवराज अर्याल यो शनिबार बागलुङको भकुण्डे जाँदैछन् । सशस्त्र प्रहरी बलको चण्डिका गण पर्वतको प्रमुखका रुपमा कार्यरत रहेका अर्यालले बागलुङ महोत्सवमा आयोजना गरिएको फोटो प्रदर्शनी मेलामा भकुण्डे बराहतालको तस्विर हेरेपछि तत्कालै भकुण्डे जाने निर्णय सुनाए ।

ग्लोबल आइएमईको कार्यालय उद्घाटन गर्न गर्भनर नेपाल लन्डन आउने

ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्न राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल लण्डन आउने भएका छन्। गर्भनर नेपाल बेलायतस्थित अल्डरशटमा सञ्चालन हुने ग्लोबल आएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्न जनवरी तेस्रो सातामा लन्डन आउन लागेका हुन्।

नेपाल रेडक्रसलाई चीनको १३ करोड सहयोग

नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ।

कोरिया–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया–नेपाल सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्