काठमाडौ– पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा पनि नेपाल पराजित भएको छ । बुधवार पाकिस्तानको इकबाल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २ सय ३५ रनको लक्ष्य बंगलादेशले ३३.३ ओभरमा ६ विकेटको नोक्सानीमा भेट्टायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा २ सय ३४ रन जोडेको थियो । नेपालका लागि किर्तन दुवालले सर्वाधिक ६६ रनको योगदान गरे । यस्तै खिमानन्द गैरेले ३४ रन र पदम बडेलले ३० रनको योगदान गरे । प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा नेपाल आयोजक पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।
पाकिस्तानमा आयोजित यो विश्वकपमा भाग लिन नेपाली टोली बजेट नभएर बस र रेलबाट यात्रा गर्दै प्रतियोगितास्थलमा पुगेको थियो । पाक प्यासन डट नेटका सम्पादक साज सादिकले नेपाली टोलीको तस्विर राख्दै यस्तो ट्विट गरेका थिए ।
The Nepal national blind cricket team will travel to Pakistan by bus and train due to a lack of funds to take part in the Blind Cricket World Cup #Cricket pic.twitter.com/XBvyebY1Sc
— Saj Sadiq (@Saj_PakPassion) January 3, 2018
प्रकाशित: २६ पुस २०७४ ११:५६ बुधबार