३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

श्रीलंकामा नेपाली युवा सम्मानित

भक्तपुर- श्रीलंकाको राजधानी कोलोम्बोस्थित संसद भवनमा एक विशेष समारोहबीच एक नेपाली सम्मानित भएका छन्। सभामुख करु जयसूर्याले भक्तपुरे युवा लक्ष्मीसुन्दर गाइजूलाई नागरिक वीरता स्वर्ण पदकबाट सम्मान गरेका हुन्।

२०७२ सालमा नेपालमा आएको विनासकारी महाभूकम्पकामा उद्दारमा खटिए स्वरुप गाइजूलाई सम्मान गरिएको परिवारले जनाएको छ। कार्यक्रममा मनोनयनकर्ताको तर्फबाट आमन्त्रित प्रा. दिनेशराज भुजुले नेपालमा आएको भूकम्पमा युवाको विशेष भूमिका रहेको बताए। सो अवसरमा सगरमाथाको सफल आरोहण गर्ने पहिलो श्रीलंकाली जयस्न्त कुरू उथम्पलालाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: २७ पुस २०७४ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App