अहिलेको सरकार जरा बिनाको मुला हो: केपी ओली
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।
२३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन्।
शनिबार फिदिममा आयोजित उक्त सङ्गठनको ११ औँ अधिवेशनका अवसरमा सङ्गठनले सेवानिवृत्त भएका तथा लामो समयदेखि सेवारत रहेका अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको हो।
नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतको अन्तरले पराजित गरेका हुन्।
नेपाल निजामती कर्मचारी युनियन ताप्लेजुङको अध्यक्षमा नबीन खनाल चयन भएका छन्। आठौँ जिल्ला अधिवेशनबाट खनाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले प्रक्रिया भन्दा पनि परिणाम देखिने गरी काम गर्नुपर्ने र जनतालाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन युनियनले भूमिका खेल्नुपर्ने बताए।
२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन सरकारले निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो।
आधिकारिक ट्रेड युनियनको महासचिव पदमा नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष तेजकुमार केसी नियुक्त भएका छन्।
उनले भने, 'कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन। सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो। यसभन्दा तलमाथि गर्नुहुँदैन।'
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।
२०७५ साल मंसिर १७ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा दिप्रुङ चुईचुम्मा गाउँपालिका आएका दाहाललाई गाउँपालिकाको संमृद्धि, विकास र अग्रगमनका लागि हरेक प्रकारका आरोह अवरोहरुको सामना गर्दै सेवा प्रवाहमा अतुलनीय योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो।
निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ। उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ।
निजामती किताबखानाका अनुसार चालु साउन महिनामै चारजना सचिवले अनिवार्य अवकाश लिँदैछन्।
निजामती कर्मचारीलाई कति बिदा दिने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको हो। त्यससम्बन्धी अध्ययन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको भए पनि पर्यटन मन्त्रालयले विभागीय कार्यक्षेत्र कुल्चेर निजामती कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव अघि सारेको छ।
सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ ।