१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आधिकारिक ट्रेड युनियनको महासचिवमा केसी

आधिकारिक ट्रेड युनियनको महासचिव पदमा नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष तेजकुमार केसी नियुक्त भएका छन्। उनले महासचिव पदको शपथग्रहणसमेत गरेका छन्। 

आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले उनलाई शपथ खुवाएका हुन्। आधिकारिक ट्रेड युनियनका महासचिव सुबोध देवकोटा उपसचिव पदमा बढुवा भएपछि महासचिव पद खाली थियो। सोही ठाउँमा युनियनले केसीलाई पठाएको हो।

नेपाल निजामती कर्मचारी युनियन कांग्रेसनिकट कर्मचारी संगठन हो। २०७३ जेठमा भएको आधिकारिक ट्रेड युनियनको चुनावमा सबैभन्दा बढी भोट एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले ल्याएको थियो। 

उक्त संगठनले अध्यक्ष पद पायो भने दोस्रो भोट ल्याउने नेपाली कांग्रेसनिकट निजामती कर्मचारी युनियनले महासचिव पद पायो। आधिकारिक ट्रेड  युनियनको महासचिवमा नियुक्त केसी हाल सूचना प्रविधि विभागमा अधिकृत छन्। अब आफू कर्मचारीहरूको साझा हकहितका लागि केन्द्रित हुने उनले बताए।

प्रकाशित: ४ आश्विन २०७८ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App