२० आश्विन २०८१ आइतबार
image/svg+xml

इजरायलमा तय सम्पूर्ण खेल रद्द

सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ 

रियाललाई युइएफए सुपर कप उपाधि

डेभिड अल्बा र करिम बेन्जेमाको एक/एक गोलको सहयोगमा स्पेसिन क्लब रियाल मड्रिडले जर्मन क्लब इन्ट्य्राक्ट फ्य्रान्फर्टलाई हराउँदै बुधबार युइएफए सुपर कपको उपाधि जितेको छ।पहिलो हाफमा विपक्षीलाई दबाब दिएर खेले पनि जर्मन क्लबले रियालविरुद्ध धेरै अवसर खेर फालेको थियो।

क्रोएसियासँग विश्वविजेता स्तब्ध

सुरुको पाचौं मिनेटमा लुका मोडरिचले पेनाल्टीबाट गरेको गोल निर्णायक बनेपछि युइएफए नेसन्स लिगमा सोमबार क्रोएसियाले फ्रान्समाथि १–० को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा डेनमार्कले अस्ट्रियालाई २–० हराएको छ।

स्पेनको लगातार दोस्रो जित

स्पेनले युइएफए नेसन्स लिगमा लगातार दोस्रो खेल जित्दा पोर्चुगल भने स्विट्जरल्यान्डसँग निराश भएको छ। स्पेनले शतप्रतिशत जितयात्रालाई निरन्तरता दिने क्रममा चेक रिपब्लिकलाई २–० ले हराएको हो।

केनले इङ्ल्यान्डलाई जोगाए

हंगेरीलाई २–१ ले निराश पार्दै इटालीले युइएफए नेसन्स लिगमा पहिलोे जित निकाल्यो। इटालीको जितमा निकोला बारेल्ला र लोरेन्जो पेलेग्रिनीले समान एक गोल गरे।

‘चेल्सीका अब्रामोभिच अयोग्य’

रुसले युक्रेनमाथि एकतर्फी आक्रमण गरेको भन्दै दुई दिन अघि मात्र बेलायत सरकारले अब्रामोभिच सहित सात रुसी अर्बपतिको सम्पत्ति रोक्का गरेको थियो। अब्रामोभिचको सम्पत्तिमा रोक्का भएसँगै चेल्सीको भविष्य अन्योलमा परेको छ।

दुई वर्षीय विश्वकपको विपक्षमा समर्थक

विश्वभरका फुटबल समर्थकहरूले आफू हरेक दुई वर्षमा विश्वकप हुने प्रस्तावको विपक्षमा रहेको मंगलबार बताएका छन्।

पोर्टाेले टार्‍यो युइएफएको संकट

लगातार दोस्रो सिजन कोभिड १९ को माहामारीका कारण युइएफए इस्तानबुलमा हुने फाइनल खेल सार्न बाध्य भएको थियो।

इङ्ल्यान्डको लक्ष्यमा गम्भीर धक्का

डेनमार्कलाई १–० को नतिजा सुम्पिएसँगै इङ्ल्यान्डको युइएफए नेसन्स लिगको समूहचरण पार गर्ने लक्ष्यमा गम्भीर धक्का लागेको छ।

शीर्ष स्थानमा उक्लियो इटाली

पहिलो हाफको अन्तिम मिनेटमा निकोला बारेल्लाले गरेको हेड गोल रोर्बटो मान्चिनीको टोलीलाई स्पष्ट ३ अंक बटुल्न पर्याप्त बन्यो।

सिटीमाथि दुई वर्षको प्रतिबन्ध

युरोपेली फुटबल महासंघ (युइएफए) ले शुक्रबार गम्भीर आर्थिक नियमको उल्लंघन गरेको आरोपमा म्यानचेस्टर सिटीलाई आगामी २ सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ।

युइएफए सुपर कप फाइनलमा महिला रेफ्री

युइएफए सुपर कपको उपाधिका लागि इङ्लिस टोली लिभरपुल र चेल्सी आमनेसामनो हुँदा फ्रान्सकी स्टेफनेइ फ्रपार्ट रेफ्रिको भूमिकामा हुनेछिन्। फ्रपार्ट युरोपमा प्रतिष्ठित पुरुष फुटबल प्रतियोगिता खेलाउने पहिलो मुख्य रेफ्रि हुनेछिन्। उक्त युइएफए सुपर कपको फाइनल खेल अगस्ट १४ (साउन २१) मा हुनेछ। मुख्य भूमिकाको रूपमा मैदानमा देखिँदा उनलाई सहयोग गर्न पनि दुई महिला लाइन्स वुमन रहनेछन्। च्याम्पियन्स लिगको विजेता लिभरपुलले चेल्सीसँग टर्कीको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।

लिभरपलुद्वारा पोर्टाे पराजित

युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकालेको छ। क्वार्टरफाईनलको पहिलो लेगको खेलमा लिभरपुलले एफसी पोर्टोलाई पराजित गरेको हो। एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्टोलाई २–० गोल अन्तरले हराएको छ।

पोर्चुगल पोल्याण्डसँग बराबरीमा रोकियो

पोर्चुगल युइएफए नेसन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा पोल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोर्चुगलले १–० को अग्रता जोगाउन सकेन।

नेदरल्याड्स युइएफए नेसन्स लिगको सेमिफाइनलमा

नेदरल्याड्स जर्मनीलाई २–२ गोलको बराबरीमा रोक्दै युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याड्सका लागि भर्जिल भान डिजिक नायक सावित भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्