१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

शीर्ष स्थानमा उक्लियो इटाली

नेदरल्यान्ड्समाथि १–० को जितका साथ इटाली सोमबार युइएफए नेसन्स कपको लिग ‘ए’ समूह १ को शीर्ष स्थानमा उक्लिएको छ। तर युवा स्टार निकोला जानिलोको घुँडामा फेरि लागेको चोट भने इटालीका लागि दुखद बनेको छ।

पहिलो हाफको अन्तिम मिनेटमा निकोला बारेल्लाले गरेको हेड गोल रोर्बटो मान्चिनीको टोलीलाई स्पष्ट ३ अंक बटुल्न पर्याप्त बन्यो। इटाली २ खेलमा १ जित र १ बराबरीको नतिजापछि ४ अंकका साथ शीर्ष स्थानमा उक्ँिलदा समान खेलमा ३ अंक बटुलेको नेदरल्यान्ड्स दोस्रो स्थानमा झरेको छ। पोल्यान्ड पनि ३ अंकका साथ तेस्रो स्थानमा छ भने १ अंकका साथ बोस्निया एन्ड हर्जगोभिना चौथो स्थानमा छ।  

‘म टोलीले देखाएको जितको मानसिकता र प्रदर्शनबाट निकै सन्तुष्ट छु,’ मान्चिनीले भने।

इटाली समूहको पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरीमा रोकिएको थियो भने नेदरल्यान्ड्सले पोल्यान्डलाई १–० ले हराएको थियो। इटालीले सोमबार नेदरल्यान्ड्सविरुद्ध ७ खेलाडी परिवर्तन गर्दै टोली मैदान उतारेको थियो। बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिएसँगै इटालीको लगातार ११ खेलदेखिको शतप्रतिशत जितको यात्रामा पूर्णवराम लागेको थियो। यस जितपछि भने इटाली पुनः जितको लयमा फर्किएको हो।

पहिलो हाफको अन्तिम मिनेटमा निकोला बारेल्लाले गरेको हेड गोल रोर्बटो मान्चिनीको टोलीलाई स्पष्ट ३ अंक बटुल्न पर्याप्त बन्यो।

‘सकारात्मक मानसिकता भएन भने लगातार ११ खेल जित्न सकिँदैन। हामीले युरो कप २०२० को छनोट खेलमा पराजित गरेका टोली नेदरल्यान्ड्स र जर्मनीजस्ता उत्कृष्ट थिएनन् तर खेल जित्नु सधैं कठिन हुन्छ,’ मान्चिनीले थपे।

तर जानिलोको घँडाको चोट भने इटालीका लागि चिन्ताको विषय बनेको छ। २१ वर्षे जानिलो समरमा मात्र घुँडाको चोटबाट मुक्त हँुदै मैदान फर्किएका थिए।

लिग ‘ए’ समूह १ अन्तर्गत सोमबार भएको अर्को खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई २–१ ले हराउँदै समूहमा जितको खाता खोलेको थियो।  

त्यस्तै लिग ‘बी’ समूह १ को खेलमा रोमानियाले अस्ट्रियालाई ३–२ ले हराउँदा नर्वेले नर्दन आयरल्यान्डमाथि ५–१ को जित हात पा¥यो।

नर्वेको सानदार जितमा इर्लिङ हल्यान्ड र एलेक्जेन्डर सोयरलोथले समान २ गोल गर्दा मोहम्मद एलौनुसेले एक गोल थपे। नर्दन आयरल्यान्डका प्याट्रिक म्याक्नेरले एक गोल गरेका थिए।

लिग ‘बी’ समूह १ अन्तर्गत रोमानिया २ खेलमा १ जित र १ बराबरीको नतिजापछि ४ अंकका साथ शीर्ष स्थानमा उक्ँिलदा समान खेलमा ३ अंक बटुलेको अस्ट्रिया दोस्रो स्थानमा झरेको छ। समूहमा पहिलो जित हात पारेको नर्वे ३ अंकका साथ तेस्रो स्थानमा छ भने १ अंकका साथ नर्दन आयरल्यान्ड चौथो स्थानमा छ।

यता लिग ‘बी’ समूह १ मा स्कटल्यान्डले चेक रिपब्लिकलाई २–१ ले निराश पार्दा इजरायल र स्लोभाकियाले १–१ को बराबरीमा चित्त बुझाए।

प्रकाशित: २४ भाद्र २०७७ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App