२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

केन्यामा विमान दुर्घटना, १५७ जनाकाे मृत्यु

अबाबा- इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन्।

अमेरिकी डलरसहित पक्राउ

महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौंका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

थप म्याद गुज्रिँदा पनि विमानस्थल अधुरै

थप भएको म्याद गुज्रिँदासमेत खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रेको काम पूरा हुन सकेको छैन। २०७४ माघ १६ गतेसम्मको म्याद गुज्रिएपछि थप भएको ७ महिना बित्दा पनि कालोपत्रेको काम ८० प्रतिशत मात्र पूरा भएको छ। लामीडाँडा गाउँपालिका–३ लामीडाँडास्थित विमानस्थल कालोपत्रेको कामका लागि पहिलोपल्ट थप गरिएको म्याद गुज्रिएको पनि ६ महिना बितिसकेको थियो।

प्रधानमन्त्री ओली सवार जहाज होल्डमा परेकाे भन्दै मन्त्रालयद्वारा छानबिन समिति गठन

प्रधानमन्त्री सवार जहाज होल्डमा परेपछि त्यसको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ।

अध्यागमनमा ‘टेन्डर फिक्सिङ’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा अत्याधुनिक डेस्क स्थापना गर्ने उद्देश्यले अघि बढाइएको आवश्यक उपकरण खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनको व्यवस्थाविपरीत रहेको पाइएको छ। अध्यागमन विभागले बायोमेट्रिक विवरणसहितको सूचना प्रणाली कार्यान्वयनका लागि खरिद गर्न लागेको उपकरणहरू प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको दबाब र प्रभावमा कुनै खास मोडलको उपकरणसँग मेल खानेगरी ‘स्पेसिफिकेसन’ बनाइएको तथ्य खुलेको हो।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

पुर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने ठोकुवा गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले आइतबार निजगढमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिबद्धता कार्यक्रममा बोल्दै नेता नेपालले हरेक दृष्टिकोणले विमानस्थाल निर्माण गर्नको लागि टागियाबस्ती उपयुक्त रहेकोले यसको निर्माण भएरै छाड्ने बताए।

विमानस्थल दैनिक १४ घन्टा मात्रै खुल्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेबाट दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ। धावनमार्ग मर्मतको लागि विमानस्थल दैनिक १० घन्टा बन्द गर्न लागिएको हो।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने ठोकुवा गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले आइतबार निजगढमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिवद्धता कार्यक्रममा बोल्दै नेता नेपालले हरेक दृष्टिकोणले विमानस्थल निर्माण गर्नको लागि टागिया बस्ती उपयुक्त रहेकोले यसको निर्माण भएरै छाड्ने प्रतिवद्धता जनाए।

‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन्। फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उनको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्तिमार्फत आग्रह गरेका हुन।

हिमपातले अवरुद्ध जुफाल विमानस्थल खुल्यो

हिमपातले अवरुद्ध डोल्पाको जुफाल विमानस्थल ४ दिनपछि खुलेको छ। गएको मंगलबार रातीदेखि परेको अविरल बर्षापछि जुफाल विमानस्थलको धावनमार्गमा ४ देखि ५ फुट हिउँ जमेपछि बुधबारदेखि विमानस्थल अवरुद्ध भएको थियो।

हिउँदे बिदामा तीर्थयात्रा

हिउँदे बिदामा के गर्ने र कता जाने भनेर मनमा कुरा खेलिरहेको थियो। घरबाट काठमाडौंमै बसेर पढ्ने दिदीसित बस्नु भन्ने सल्लाह आयो। म लुक्लाको तेन्जिङ हिलारी विमानस्थल हुँदै काठमाडौं अवतरण गरेँ।

‘लुम्बिनीलाई मन्त्री अधिकारीको अभाव खड्किरहनेछ’

पर्यटनमन्त्रीको पद सम्हालेपछि रवीन्द्र अधिकारी अनुगमन निरीक्षण तथा शिलान्यासका सन्दर्भमा ६ पटक भैरहवास्थित निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा आए। पछिल्लोपटक उनले माघ १ गते कार्गो भवनको शिलान्यास गर्दै आगामी भदौसम्म विमानस्थल निर्माण सम्पन्न गर्ने र असोजदेखि सञ्चालनमा ल्याउने स्पष्ट योजना सुनाएका थिए। आयोजनालाई निर्माण सामग्री अभाव हुँदा पनि उनले सम्बन्धित निकायसँग आफैं कुराकानी गरे। अनुगमन निरीक्षणका क्रममा मात्रै होइन, अन्य समयमा पनि अधिकारीले फोनबाटै आयोजनाको काम गुणस्तरीय हुनुपर्नेमा जोड दिइरहन्थे।

मन्त्री अधिकारीको सपना पूरा गर्ने रेणु दाहालको घोषणा

पछिल्लो एक महिनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ६ पटक टेलिफोन गरे। मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने। तर सो सपना पूरा हुन नपाउँदै बुधबार उनको निधन भयो। मन्त्री अधिकारीको सोे सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफै लागिपर्ने बताउँछिन।

विमानस्थलमा केन्द्रित थिए मन्त्री अधिकारी

अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनको एक दिनपछि उनी तेह्रथुमस्थित आठराई गाँउपालिकाको चुहानडाँडामा प्रस्तावित विमानस्थलको स्थलगत अवलोकनका लागि पुगेका थिए। बिडम्बना ! सोही अवलोकनबाट फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परी उनको ज्यान गयो।

हेलिकप्टर दुर्घटना (अपडेट) : मृतकको शव काठमाडौं ल्याइयो

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्