२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल उडान प्रभावित

भारत र पाकिस्तानबीचको टकरावका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतिहाद एअरको उडान प्रभावित भएको हो। पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको हो।

हेलिकप्टर दुर्घटना अपडेटः शवहरु भोलिमात्रै काठमाडौं पठाइने

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव बिहीबार बिहान काठमाडौं पठाइने भएको छ। बुधवार साँझ सवा ७ बजेसम्म ४ वटा शव मात्र सुकेटार विमानस्थलसम्म ल्याइएको र बाँकी ३ वटा शवको संकलन कार्य जारी रहेको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

दुबईका लागि उडेको बंगलादेशी विमान अपहरणको प्रयास

बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालक दलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन्। आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ।

क्वालालम्पुर विमानस्थलमा दिनहुँजसो लुटिन्छन् नेपाली

मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलका लागि निस्किए। विमानस्थलको दुई तलामुनि बस र रेल रोकिने स्टेसन उनी ओर्लिए। त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको दुई तलामाथि जान लिफ्ट चढ्नुपर्छ। काउन्टर रहेको तलाअगाडि पुग्न ट्याक्सी र हलुका चारपांग्रे सवारीको सहारा लिनुपर्छ।

हिमालयको जहाज ग्राउन्डेड गराइने

अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एअरलाइन्सले विमानस्थल प्रयोगबापतको शुल्क नतिरेपछि जहाज ग्राउन्डेड गराइने भएको छ।

निजी प्रयोगका लागि ल्याएका सामान जफत नगर : एनआरएन

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा जफत गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।

थामखर्क विमानस्थल उद्घाटन

खोटाङ जिल्लाको थामखर्क विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न भई सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन्।

अवरुद्ध जुफाल विमानस्थल सुचारु

भारी हिमपातले अवरुद्व डोल्पाको जुफाल विमानस्थल सञ्चालनमा आएको छ। जमेको हिउँ आइतवार हटाइएपछि पाँच दिनदेखि अवरुद्ध विमानस्थलमा सञ्चालनमा आएको हो। सय जना कामदार लगाएर हिउँ फालिएपछि सोमवार विहानबाट हवाई सेवा सुचारु भएको हो।

५३ वर्षपछि डिपिआर

धनकुटास्थित बेलहारामा विमानस्थल निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। विमानस्थल निर्माणको चर्चा सुरु भएको ५३ वर्षपछि डिपिआर तयार गरिएको हो।

प्राथमिकतामा परेन पाँचथरको विमानस्थल

फिदिम नगरपालिकामा पर्ने  रानीटारको स्याउँडाडामा विमानस्थल बनाउने चर्चा भएको एक दशक भईसक्यो। स्थानीय सहुलियतमा जग्गा उपलब्ध गराउन तयार भएर बसेका छन्। विभिन्न चरणमा अध्ययनहरु पनि भएका छन्। तर यो ठाँउमा विमानस्थल बनाउने कामलाई सरकारी प्राथमिकतामा राखिएको छैन।

थामखर्क विमानस्थल कालोपत्रे पूरा

दुई वर्षभन्दा बढी समय लगाएर खोटाङको थामखर्क विमानस्थल कालोपत्रे गरिएको छ। १५ महिनाभित्र पूरा गर्नेगरी २०७३ असोज २० गते सम्झौता गरिएको खोटेहाङ गाउँपालिका–४, बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्रे २८ महिनामा सम्पन्न भएको हो।

हिमपातले विमानस्थल बन्द

हिमाली जिल्ला डोल्पामा बिहीबार परेको हिमपातले जुफाल विमानस्थल बन्द भएको छ। बिहानैदेखि शुरु भएको हिमपातका कारण विमानस्थलमा बाक्लो हिँउ जमेको छ। जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल अवरुद्ध भएको हो।

नेपालकै विमानस्थलमा 'लुटिन्छन्' नेपाली

नेपाल सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको भन्सार शुल्क सम्बन्धी नयाँ नियमले प्रवासी नेपालीहरु मारमा परेको भन्दै गैरआवासीय नेपाली संघले चर्को विरोध जनाएकाे छ। झिटीगुन्टाको नाममा काठमाडौंस्थित त्रिभुवन विमानस्थल अध्यागमनमा नेपाल सरकारले लागू गरेको उक्त नयाँ नियमप्रति प्रवासी नेपालीहरुले समते संघकाे विराेधमा समर्थन जनाउँदै विरोध सुरु गरेका छन्। सरकारको पछिल्लो कदमलाई मध्यपूर्व लगायतका देशमा कार्यरत नेपालीहरुले समाजिक संजाल मार्फत आलोचना सुरु गरेका हुन्।

६ महिनामा टिआइएले कमायो दुई अर्ब

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्बभन्दा बढी आम्दानी गरेको छ। विमानस्थलले उडान र गैरउडान शुल्कबाट आर्थिक वर्षको सुरुदेखि पुस मसान्तसम्म दुई अर्ब २० करोड २० लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असारमा परीक्षण उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्