‘सरकारले व्यवसाय गरेर बस्ने होइन’
प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन चलाउने विषयप्रति प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य माथिको छलफलमा बोल्ने प्रदेशसभा सदस्यहरुले रेडियो र टिभी सञ्चालन गरेर सरकारले व्यवसाय गर्न नहुने बताएका हुन्।