६ आश्विन २०८१ आइतबार
image/svg+xml

एक किलो सुनसहित तीन महिला पक्राउ

काठमाडौंको न्यूरोडबाट एक किलो सुनसहित तीन महिला पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो इन्द्रचोकबाट उनीहरुलाई सुनसहित नियन्त्रणमा लिएको हो। उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए।

रुपन्देहीमा तस्कर र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।

रोकिएन सुन तस्करी, कराेडाैँको सुन बरामद

पछिल्लो समय सुन तस्करी रोक्न प्रहरीले विभिन्न अभियान चालएपनि सुन तस्करी भने रोकिएको छैन। साेही क्रममा कराेडाैँकाे सुन तस्करी भैरहेकाे विशेष सूचनाको आधारमा प्रहरीले धादिङको गजुरीबाट तीन जनालाई पक्राउ गरेको छ।

नेपालबाट मटर र मरिच भारत तस्करी

शुक्रबार दिउँसो सिरहा प्रहरीले भारतीय नम्बरको ट्रकसहित हरियो मटर बरामद गरेको छ। अबैध रुपमा भारततर्फ तस्करी हुन लागेको अबस्थामा सिरहा नगरपालिका १७ (दशगजा) बाट प्रहरीले २१० बोरा हरियो मटरसहित बिआर ०१ जिए ४३१५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

मालागढी सुन तस्करीको ‘ट्रान्जिट’ बन्दै, पाँच वर्षमा ४० केजी सुन बरामद

तस्करले मालागढीलाई सुन तस्करीको ‘ट्रान्जिट’ बनाउन थालेका छन्। रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन्। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनस्थित मालागढीमा सुरक्षा निकायको उपस्थिति छैन।

राजदूत लक्की शेर्पामाथि छानविन गर्न काँग्रेसको माग

मानव तस्करीमा संलग्न रहेको आरोप लागेका अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे छानविन गर्न नेपाली कांगेसले सरकार समक्ष माग गरेको छ।

सीमा क्षेत्रमा बढ्दै तस्करी

कैलालीका विभिन्न नाकाबाट व्यापाक मात्रामा सामान तस्करी हुन थालेको छ। भारतबाट भन्सार छलेर विभिन्न सामान तस्करी गर्ने क्रम बढेको हो। जसका कारण लाखौं राजश्व चुहावट भइरहेको छ।

प्रहरीकै मिलेमतोमा तस्करी

केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो। घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरीको सेटिङमा करोडौंका सामान तस्करी भइरहेको पुष्टि गरेको छ।

चाडपर्वमा वन्यजन्तुकाे अवैध तस्करी बढ्याे

चाडपर्वकाे मौका छोपी जिल्लाका सामुदायिक तथा निजि वन क्षेत्रमा सिकारीहरुले लुकीछिपी वन्यजन्तुको अवैध चोरी तस्करी गर्ने गरेको खुलासा भएको छ।

रोकिएन पटाकाको तस्करी

सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन।  तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा प्रसस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताए।

रौतहटमा २ काठ तस्कर पक्राउ, गस्ती टाेलीमाथि गाेली प्रहार

रौतहटको राष्ट्रिय वन क्षेत्रबाट अवैध रुपमा चोरी निकासी गरेर ल्याउँदै गरेको काठ सहित २ जनालार्इ पक्राउ गरिएकाे छ।

तस्करी गरेर बिहार लैजाँदै गरेको मदिरा बरामद

नेपालबाट भारतको बिहारतर्फ तस्करी गरेर लैजाँदै गरेको मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले ढुवानीमा प्रयोग गरिएको भ्यान सहित २४ कार्टुन मदिरा बरामद गरेको हो।

भारतमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्दार

खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाइ साढे २ महिना देखि भारतमा बन्धक बनाइएका २८ नेपाली महिलालाई भारतीय प्रहरीले उद्दार गरेको छ।

सुन तस्करीका अभियुक्त श्रेष्ठलाई काठमाडौं ल्याइयो

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका बेनु श्रेष्ठलाई दुबई प्रहरीले काठमाडौं डिपोर्ट गरेको छ ।

यसरी हुन्छ सीमा क्षेत्रमा रक्सी तस्करी (भिडियो)

कुनै बेला अँध्यारोको आड लिएर तस्करले भारतबाट कुखुरा भित्र्याउने नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ । भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि पिउनेका लागि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्याउँदै आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्