मधेस डुबानको एउटै कारण ‘चुरे दोहन’
‘हेलिकप्टरबाट हेर्दा चुरे क्षेत्रको खोला सुख्खा छ। मधेसमा बाढी उफानमा छ। बाढी प्रभावित प्रदेश २ का जिल्लाहरुको हवाई अवलोकपछि बुधबार जनकपुरमा उप प्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष कौतुहलता व्यक्त गरे। ‘जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अध्याधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नु’ यसको कारण हो कमलानदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहर कुमार साहले कौतुहलता मेट्ने प्रयास गरे।