८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ।

कर बढाउने अमेरिकी निर्णयकाे सहयोगी मुलुकले नै गरे आलोचना

अमेरिकाले स्टील,आल्मुनियमलगायतका सामानहरूकाे आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेकोमा युरोपेली संघ, मेक्सिको र क्यानडा लगायतका मुलुकहरूले अापती जनाएका छन्।

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन्।

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताएका छन्।

‘छानवीनमा सरकारकै असहयोग’

गत माघ १८ गते आफ्नो कामकारवाहीमा सहजताका लागि ध्यानाकर्षण गराउन बेपत्ता सम्वन्धी छानवीन आयोगले नेपाली कांग्रेस सभापति शेरवहादुर देउवासंग भेट गर्यो। सभापति देउवाले आयोगलाई आश्वस्त पार्दै भनेका थिए ‘निर्वाचनका कारण आयोग प्रति हाम्रो ध्यान जान सकेन,अब हामीहरु प्रतिपक्षको भुमिकामा रहँदैछौँ, आयोगलाई हामी आफ्नो स्थानबाट भरपुर सहयोग गर्छौँ।’

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको संगठित अपराधमा एमाले माओवादीका युवा नेताहरुको संलग्नता खुल्ने क्रम जारी छ । पुनलाई अपराधिक गतिविधिमा सघाएको आरोपमा प्रहरीले शुक्रबार एमालेको भातृ संगठन युवा संघका केन्दी्रय सदस्य सुजु मल्ललाई पक्राउ गरी सार्वजनिक गरेको हो । युवा संघ रुपन्देहीका इन्र्चाज समेत रहेका मल्ललाई बुधबार साँझ काठमाडौँबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो।

पुनको मुख्य सहयोगी मल्ललाई सार्वजनिक

प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

राष्ट्रसंघीय उच्चायोगको सहयोगमा तालीम

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरको सहयोगमा मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले समुदायमा मेलमिलापसम्बन्धी तीनदिने पुनर्ताजगी तालीम बुधबारदेखि शुरु गरेको छ।

प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर

पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ।

चीन सरकारको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती झलल

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ। चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे।

रासायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैन : बेलायती प्रधानमन्त्री

सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने बताएकी छिन्।

जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही

स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहका जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही गर्ने बताएका छन्।

कार्यालय सहयोगीले नै विद्यालयको कम्प्युटर चोरेपछि...

सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता उमाविको कम्प्यूटर चोरीको आरोपमा विद्यालयका कार्यालय सहयोगीसहित दुईजना पक्राउ परेका छन्।

जापानको सहयोगमा सूर्यविनायक –धुलिखेल सडक ८ लेन बन्ने

अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब ८ लेन बन्ने भएको छ। सडक ८ लेनको बन्ने भएपछि सडक विभागले विहिबार (आज) भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन्। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन्।

‘भन्सार कर्मचारी र प्रहरीकै सहयोगमा’ तस्करी

नेपालगन्ज भन्सारबाट सामान ‘कर्मचारी र सुरक्षाकर्मीकै सहयोगमा’ तस्करी हुने गरेको तथ्य खुलेको छ। कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा तस्करहरुले खुलेआम भारतबाट सामान तस्करी गर्ने गरेको पाइएको हो। भारतबाट चामलको बोरामा हालेर चिनी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा दुई महिला पक्राउ परेपछि उनीहरूको बयानबाट यस्तो तथ्य बाहिर आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्