८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर

रत्ननगर - पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ।

जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले रु चार लाखभन्दा बढीको लगानीमा १० वटा घर निर्माण गरी प्रभावितलाई हस्तान्तरण गरेको हो । बाँकी अपुग कामका लागि भने उनीहरु आफैँले श्रमदान गरेका थिए ।चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा निर्माण भएको घर बुधबार प्रभावितलाई हस्तान्तरण गरिएको छ । पाँच महिना लगाएर घर निर्माण भएको थियो।

विदेशमा पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढीपीडितलाई सहयोग गर्नु सराहनीय कार्य भएको स्थानीयवासीले बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले प्रवासीबाट घर निर्माण भएकामा खुशी व्यक्त गर्दै महानगरको विकासमा अझै सक्रिय भएर लाग्न प्रवासी नेपालीलाई आग्रह गरिन्।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत जापानबाट आएको सहयोगले यहाँ १० घर निर्माण भएको बताए। अर्को चरणमा अन्य ठाउँका प्रभावितलाई सहयोग गर्ने उनको भनाइ छ।

यहाँका बाढी प्रभावित बुद्धिराज महतो, तारा महतो, सीताराम महतो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महतो, जीवन महतो र यमराज महतोको घर निर्माण भएको हो।गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नं १३, २३, २७ र २८ मा बढी क्षति पुर्‍याएको महानगरपालिकाले जनाएको छ।रासस

 

प्रकाशित: २९ चैत्र २०७४ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App