७ आश्विन २०८१ सोमबार
image/svg+xml

हुरी पीडितलाई बर्दियाका युवाको एक लाख सहयोग

राजधानीमा बस्दै आएका बर्दियाका युवाले बारा पर्साका हावाहुरी पीडितलाई एक लाख १ हजार एक सय रुपैयाँ सहयोग गरेका छन्। हरिश गौतम, रेशम बहादुर थापा, महेन्द्र विष्ट, समृद्धा केसी, प्रिया देवकोटाको पहलमा स्वदेश तथा विदेशबाट संकलन गरिएको उक्त राहत रकम सांसद तुल्सी थापामार्फत युवा संघका सचिव बचनबहादुर सिंहलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको सामाजिक अभियन्ता रेशम थापाले बताए।

बाराका पीडितलाई आर्थिक सहयोग

गिरिजाप्रसाद कोइराला फाउन्डेसन, रामेछापले हुरीबतासपीडितका लागि संकलन गरेको रकम जिल्ला प्रशासन कार्यालय (जिप्रका) रामेछापमार्फत बारा, जिप्रकामा पठाएको छ।

सहयोगले जोडिँदै मन

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा आएको एउटा टोली बिहीबार हावाहुरी प्रभावित क्षेत्रमा आयो। पूर्वशान्तिमन्त्रीसमेत रहेका उनले पर्याप्त राहत नपुगेको देवताल गाउँपालिकाको एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती बाँडे। उनले विपत्तिमा परेकाहरूका सााथमा आफूहरू रहेको सन्देश प्रवाह गरे।

पीडितका लागि विविध सहयोग

आइतबार साँझको विनाशकारी हुन्डरीबाट प्रभावितका लागि सहयोग जुट्न थालेको छ। मृतकका परिवारलाई प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका राष्ट्रिय जनता पार्टीका प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले पार्टीका तर्फबाट काजकिरिया सहयोग स्वरूप जनही ११ हजार रुपैयाँका दरले नगद वितरण गरेका छन्। आफूहरूले २८ परिवारलाई बुधबार नगद प्रदान गरिएको मन्त्री सोनलले बताए।

हुरीपीडितलाई सहयोग

बारा–पर्साका हावाहुरीपीडितलाई सहयोग गर्ने क्रम बढेको छ। विभिन्न जिल्लाका संघसंस्थाले फरकफरक माध्यमबाट पीडितका नाममा सहयोग प्रदान गरिरहेका छन्।

सुदूरपश्चिम र प्रदेश ३ सरकारको एक/एक करोड सहयोग

प्रदेश २ का बारा र पर्सामा गत आइतबार आएको हावाहुरीका कारण भएको धनजनको क्षतिप्रति प्रदेश सरकारहरूले दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेका छन्। सोही क्रममा सुदूरपश्चिम तथा प्रदेश ३ सरकारले आ–आफ्नो तर्फबाट एक÷एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

कांग्रेसले हावाहुरी पीडितलाई ३५ लाख दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरु हावाहुरी पीडितको स्थलगत भ्रमणमा रहेका छन्।  स्थलगत भ्रमण रहेको क्रममा सभापति देउवाले पीडितहरुलाई कांग्रेसको केन्द्रीय कार्यालयले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरका छन्।

पत्रकार बुढाथोकीलाई कतार च्यारिटीको आर्थिक सहयोग

कतार च्यारिटीले आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई आर्थिक सहयोग गरेको छ। उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल हर्टट्याक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनमा च्यारिटीले सहयोग प्रदान गरेको हो।

जन्मदिनमा आर्थिक सहयोग

दुवै हात गुमाएका राप्तीसोनारी–१, कुसुमका २२ वर्षीय सुरेश कुमाललाई आर्थिक सहयोग गरिएको छ। काँचुली मिडिया प्रालिका अध्यक्ष गजेन्द्र गुरुङले आफ्नो ४१ औं जन्मोत्सवको अवसर पारेर कुमाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन्।

अग्निपीडितलाई राहत

खोटाङस्थित प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोपीडित चार परिवारलाई राहत प्रदान गरेको छ। चैत १ गते स्थानीय गढीथुम्का र काँसेघडेरी सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेंसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई कोषले राहत रकम प्रदान गरेको हो।

अग्नी पीडितलाई मेयर प्रसाईको सहयोग

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले वडा नम्बर ११ का अग्नी पीडित शेष जुबैरको परिवारलाई आर्थिक सहयोग गरेका छन्। जुबैरको फागुन २९ गते घरको विद्युत सर्ट भई पुरै घर तथा घरभित्रको सामानहरु जलेर नष्ट भएको थियो। उनलाई राहत स्वरुप नगरपालिकाको तर्फबाट मेयर प्रसाईले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

सहयोगको लागि आग्रह

धादिङ तिप्लिङकी रोमी सेठी (१९) यति बेला थापाथलीस्थित प्रसूती गृहको बेड नम्बर १०७ मा उपचार गराउँदै छिन्। सुकेको ओठ, गुजुल्टो परेको कपाल अनी पिरले भित्र गडेका आँखा लिएर रोमी यति बेला सहयोगको आसमा अस्पतालको शैयामा छिन्।

सहयोगको याचना

धादिङ, तिप्लिङकी रोमी सेठी र दिलबहादुर दुधराज (१९) यति बेला थापाथलीको सुकुमबासी बस्तीमा दलमर्दन कामीको छाप्रोमा छन्। सानो छाप्रो, छाप्रोको एउटा कोठामा बच्चा भुलाउँदै गरेको जोडी सहयोगको आशमा छन्।

सुर्खेती समाज दक्षिण कोरियाद्वारा ७० हजार सहयोग

सुर्खेत समाज दक्षिण कोरियाले वीरेन्द्रनगर–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको पानी ट्याङ्की निर्माणका लागि ७० हजार रुपियाँ सहयोग गरेको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको पहलमा दक्षिण कोरियामा रहेका सुर्खेतीहरुले विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो।

६ महिनामा एक खर्ब सहयोग गर्ने प्रतिवद्धता

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी विकास साझेदारबाट नेपाललाई एक खर्ब ११ अर्ब ६३ करोड सहयोग गर्ने प्रतिवद्धता भएको छ। यस वर्ष भएको सहयोग प्रतिवद्धता गएको आवको सोही अवधिको तुलनामा १७ अर्ब ४५ करोडले बढी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्