७ आश्विन २०८१ सोमबार
image/svg+xml

'जापानको निस्वार्थ सहयोग'

प्रधानमन्त्री केपी ओलीले जापानले नेपाललाई जस्तो सुकै कठिन अवस्थामा समेत निस्वार्थ सहयोग गरिरहेको बताएका छन्। उनले जापानको सहयोग भौतिक पूर्वाधार निर्माण र प्रविधि हस्तारणमा उल्लेख रहेको बताए। नेपाल जाइका अलमनाई एसोसियन (जान)को ४५औं वार्षिक समारोहमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। सो अवसरमा उनले जापानबाट प्रकाशन हुने वार्षिक पत्रिका ‘मिलन’को विमोचनसमेत गरे।

नेपालले खर्च कम गर्यो : एडिबी

एशियाली विकास बैंकले सन् २०१८ मा नेपाललाई दिँदै आएकोे आर्थिक सहयोगमा भारी वृद्धि गरेको छ। बैंकबाट प्राप्त आर्थिक सहयोगको तुलनामा नेपालले खर्च भने कम गरेको बैंकले विज्ञप्ती जारी गरेर जानकारी गराएको छ।

सांग्रिला बैंककाे सहयोग

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौं, पेप्सीकोलास्थित ऊर्जाशील अपांग सशक्तीकरण केन्दलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।

धुलिखेल अस्पताललाई इन्भेस्टमेन्ट बैंकको सहयोग

नेपाल इन्भेस्टमेन्ट बैंकले धुलिखेल अस्पतालका अन्तरंग बिरामीको सुविधाका लागि ‘ब्लांकेट’ सेट खरिद गर्न आर्थिक सहयोग गरेको छ ।

खेलक्षेत्रमा सहयोगको अपेक्षा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले नेपाली खेलक्षेत्रले अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरेमा नेपाली खेलाडीले कयौं अवसर प्राप्त गर्नुका साथै खेलाडीको स्तरोन्नतिसमेत हुने विश्वास व्यक्त गरेका छन् ।

कैलाशको सहयोग

कैलाश विकास बैंकले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १०, घान्द्रुकस्थित श्री मेश्रम बराह माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर र एक थान फोटोकपी मेसिन सहयोग गरेको छ।

सिटिजन्स बैंकको आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

भूकम्पपीडितलाई जापानकाे पाँच करोड

जापानले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई कृषिमार्फत जीविकोपार्जनमा सहयोग पुर्‍याउन चार लाख ३४ हजार अमेरिकी डलर (करिब चार करोड ९० लाख रुपैयाँ) सहयोग गर्ने भएको छ।

अस्पताल बनाउन पाँच लाख सहयाेग

थुलुङ दूधकोसी गाउँपालिका–९ का विद्यालय तथा शिक्षकहरूले अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।

अमेरिकाले नेपाली सेनालाई सघाउने

नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापासँग सोमवार जङ्गी अड्डामा भएको भेटमा उनले नेपाली शान्ति सैन्यले विश्व शान्ति स्थापनामा गरेको योगदानको प्रशंसा गर्दै शान्ति सैन्यका निम्ति पनि नेपाली सेनालाई सघाउने प्रतिबद्धता व्यक्त गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सह–अध्यक्ष पौडेलद्वारा १० लाख सहयोग

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडलले गृह जिल्लामा आफ्ना बाबुको स्मृतिमा कृष्णगण्डकी क्याम्पसमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। बलेवा महोत्सवको अवसरमा पौडेलले आफ्ना बाबु भिमनाथको सम्झनामा बुधबार बागलुङ नगरपालिका–११ नारायणस्थानमा रहेको क्याम्पसलाई व्यक्तिगत रुपमा १० लाख एक हजार एक सय पाँच रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

भारत सरकारको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण गरिएको छ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंस्थित भारतीय राजदूतावासका द्धितीय सचिव निरजकुमार जैसवालको उपस्थितीमा रातामाटास्थित मुक्ति उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरे।

अमेरिकी सहयोग अनुमोदनका लागि संसदमा पठाइयो

सरकारले अमेरिकी सहयोग लिने प्रक्रिया अघि बढाएको छ। बिहीबार सार्वजनिक मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

अमेरिकी प्रतिबन्धविरुद्ध ओपेक राष्ट्रसँग सहयोग माग

संयुक्त राज्य अमेरिकाले देशको तेल उद्योगमाथि लगाएको प्रतिबन्धविरुद्ध भेनेजुएलाले तेल निर्यात राष्ट्रहरुको समूह ‘ओपेक’सँग सहयोग माग गरेको छ।

बागमती सफाइ अभियानलाई टेलिकमको सहयोग

नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्