७ आश्विन २०८१ सोमबार
image/svg+xml

सडक बनाउन सहयोग गर्नेको सम्मानमा शिलालेख

खोटाङको दुर्छिममा क्षेत्रीय सडक निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताको सम्मानमा शिलालेख स्थापना गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको दलस्वर चोकदेखि सुनकोसीको बतासेघाट जोड्ने ‘होलेसुङ–जनकराज राई मार्ग’ का लागि आर्थिक सहयोग गर्ने दाताको सम्मानमा शिलालेख स्थापना गरिएको हो।

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

खोटाङ सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन्। गत कात्तिक २३ गते बिहान ३ बजे आगलागीका कारण दिक्तेल रुपाकोट मझुवागढीका शिक्षक कृष्णकुमार श्रेष्ठको घर ध्वस्त भएको थियो। उनको घरसँगै त्यसबेला तीन वटा घर पूर्ण रुपमा जलेका थिए।

वृद्धाश्रमलाई बेल्जियमवासी नेपालीको सहयोग

बेल्जियममा कार्यरत नेपालीले सर्लाहीस्थित एक वृद्धाश्रमलाई नगद सहयोग गरेका छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमले लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी वृद्ध सेवाश्रमलाई १ लाख ५७ हजार ६५१ रुपैयाँ प्रदान गरेको हो।

अमेरिकी सहयोग : नेपाल र चीनमा घट्दो, भारतमा बढ्दो

अमेरिकाले वार्षिक रुपमा विभिन्न देशलाई दिँदै आएको सहयोग पछिल्ला वर्षमा घट्दै गएको छ। अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले हालै सार्वजनिक गरेको अमेरिकी सरकारको वार्षिक खर्च विवरणले यस्तो देखाएको हो।

'क्षेत्रीय सहकार्यमा नेपालको जोड'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको दाभोस पुगेका प्रधानमन्त्री ओलीले मंगलबार ‘स्टार्टेजिक आउटलुक अन साउथ एसिया’ कार्यक्रममा नेपालले क्षेत्रीय सहयोग र सहकार्यमा जोड दिएको बताएका हुन्।

सहयोगमा जुट्दै पराजित नेता

गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवार रहेका नरेन्द्र साह कलवार यतिखेर सोही क्षेत्रभित्रका विभिन्न स्थानमा विकास निर्माण र सहयोग प्रदान कार्यमा जुटिरहेका छन्। आइतबार पनि उनी दुई विद्यालय तथा एक कुम्भ यज्ञमा सहयोग गर्दै गरेको अवस्थामा भेटिए।

पत्रकार सुवेदीको उपचारमा सहयोग गर्न महासंघको अपिल

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले भारतमा उपचार गराइरहेका पत्रकार अर्जुनप्रसाद सुवेदीलाई आर्थिक सहयोग गरिदिन अपिल गरेको छ।

जापानद्वारा निरन्तर सहयोगको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले शिष्टाचार भेटको क्रममा जापानले निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गरेका छन्।

मलेनिकाले रोक्यो भूकम्पपीडितको अनुदान

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ । पीडितले महिनादेखि निजी आवास अनुदान पाउन सकेका छैनन् ।

दुर्घटनापीडित परिवारलाई कांग्रेसको सहयोग

नेपाली कांग्रेस जिल्ला कार्य समिति(नुवाकोट)ले गत मंसिर अन्तिम साता दुप्चेश्वर–१, घ्याङडाँडामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

खाद्यान्न र न्यानो कपडा सहयोग

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका बालबालिकालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ।

ढाड भाँचिएर थला परेका बेगमलाई साढे १३ लाख सहयोग

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–५ स्यार्पुका बेगम खत्रीलाई साढे १३ लाख आर्थिक सहयोग गरिएको छ। उनको अवस्थाको बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि नेपालबाट विदेशका विभिन्न ठाउँमा पुगेकाहरुले आर्थिक सहयोग गरेका छन्। यहाँबाट हाल अमेरिका, कोरिया लगायतका देशमा रोजगारीको लागि गएका युवाहरुको सहयोगमा जम्मा भएको १३ लाख ४९ हजार एक सय ७२ रुपैयाँ मंगलबार बेगमलाई हस्तान्तरण गरिएको छ।

स्वयमसेवी शिक्षकलाई एक लाख

पाँच वर्षदेखि पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ स्थित जनसंयुक्त प्राविमा बालबालिकालाई निःशुल्क पढाउँदै आएका गजेन्द्र रानामगरलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। सुर्खेत कोरिया समाजको पहलमा दक्षिण कोरियामा कार्यरत नेपालीहरुबाट संकलन गरिएको एक लाख ११ हजार एक सय ११ रुपियाँ बिहीबार रानामगरलाई हस्तान्तरण गरिएको छ।

चौरजहारी अस्पतालको भवन बनाउन जापानको सहयोग

पश्चिम रुकुमस्थित चौरजहारी अस्पतालको आकस्मिक कक्ष निर्माणका लागि जापान सरकारले करिब ९५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

सेञ्चुरी बैंकद्वारा अनाथलाई सहयोग

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेल्पलेस चिल्ड्रेन होम कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभारस्थित आश्रमलाई सहयोग गरेको छ। उक्त आश्रममा अनाथ, असाहय, अपांग तथा विपन्न वर्गका बालबालिका करिब ३८ जना छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्