७ आश्विन २०८१ सोमबार
image/svg+xml

एमबीबीएस पढ्न मुख्यमन्त्रीको सहयोग

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तीन जना दलित विद्यार्थीलाई एमबीबीएस पढ्न आर्थिक सहयोग गरेका छन्। आर्थिक समस्याको कारण पढाइ प्रभावित भएका ती विद्यार्थीलाई प्रदेश सरकारको तर्फबाट जनही साढे तीन लाखको दरले आर्थिक सहयोग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारलाई कर्मचारीको पूर्ण सहयोग छ: प्रम ओली

सत्तापक्षीय नेतृत्व तहबाटै संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्रले असहयोग गरिरहेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यस्तो भनाइको खण्डन गरेका छन्। सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको उनले बताएका छन्।

समाजसेवामा सेना : दलित विद्यार्थीलाई शैक्षिक सहयोग

कक्षा २ कि छात्रा पुजा नेपाली नयाँ स्वीटर, स्कुल र स्टेसनरी ब्याग पाउँदा दंग थिइन। जाडो महिना भएपनि गरिबीका कारण न्यानो कपडा विना विद्यालय जाने पुजा जस्तै अन्य १०२ जना बिद्यार्थीको अनुहार उज्यालो देखिन्थ्यो। ‘यसपालीको जाडो राम्रो हुने भो। चिसोमा लगाउने स्वीटर, नयाँ ब्याग र कापी कलम पनि पाएका छौं’, छात्र अभिषेक सुनारले भने। उनीजस्तै सबैको एउटै धारणा थियो ‘यसपालीको जाडोमा सहज हुने भयो।’

पहिरो प्रभावितलाई सहयोग

बडिमालिका नगरपालिका ४ रिलाका पहिरो प्रभावितलाई राहत सामाग्री सहयोग गरिएको छ। वडा कार्यालयसँगको सहकार्यमा सहयोगी हातहरुको समूह सहास नेपालले बलाङ्गकेट सहीत बालबालिकाका लागि स्वेटर तथा न्यानो लुगा सहयोग गरेको हो।

क्यान्सर पीडितलाई नेविसंघको सहयोग, शशांकले गरे रकम हस्तान्तरण

नेपाल विद्यार्थी संघले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ।  नेविसंघले संकलन गरेको एक लाख ६८ हजार रुपैयाँ आइतवार नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नै निवास महाराजगञ्जमा क्यान्सर पीडित होम कुमारी सापकोटालाई हस्तान्तरण गरे।

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको चन्द्रौटा शाखाले कपिलवस्तुको खुरखुरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, पोसाक तथा सरसफाइका सामान सहयोग गरेको छ।

आगलागी पीडितलाई आर्थिक सहयोग

रोल्पा उद्योग बाणिज्य संघले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ। गत मंसिर १ गते आगलागी हुँदा करिब ५० लाख बढिको क्षति भएको गंगादेव गाउँपालिका वडा नं. ४ निवासी प्रेमबहादुर डाँगीलाई रोल्पा उद्योग वाणिज्य संघले सहयोग गरेको हो।

जाइका नेपालको प्रमुखमा आसाकुमा नियुक्त

जापान सहयोग नियोग (जाइका)ले युमिको आसाकुमालाई नेपाल प्रमुख नियुक्त गरेको छ। आफ्नो कार्यकाल सकिएर फर्कन लागेका वर्तमान प्रमुख जुन साकुमाको स्थानमा उनलाई नियुक्त गरिएको जाइकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

अभिभावकविहीन सात बालबालिकालाई सहयोग जुट्ने क्रम जारी

बाबुआमाकै मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङका सात बालबालिकालाई हङकङबाट थप आर्थिक सहयोग प्राप्त भएको छ।

टुहुरा बालबालिकालार्इ डा. भुसालको अार्थिक सहयाेग

बाबुआमाको मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ।

प्रदेशलाई सघाउँदै स्विस सरकार

प्रादेशिक सडक अन्तर्गत आवश्यक मोटरवेल पुल निर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ। प्रादेशिक स्तरका विशेष तथा क र ख वर्गका सडकका लागि आवश्यक पर्ने सबै मोटरवेल पुलको जिम्मा स्विस सरकारको स्विस विकास सहयोग कार्यक्रम अन्तर्गत लोकल ब्रिज रोड प्रोग्राम (एलआरबीपी) ले सहयोग गर्नेछ।

बराहकोट विद्यालयलाई २ लाख सहयोग

गत असार ११ मा गएको बाढी पहिरोले क्षतिग्रस्त बागलुङको बरेङ्ग गाउँपालिका २ स्थित ‘श्री बराहकोट प्राथमिक विद्यालय’ काफलठुटा हुग्दीशिरलाई ‘द ह्वाइट् जोन’द्वारा आर्थिक सहयोग प्रदान गरिएको छ। शुक्रवार आयोजित समारोहमा ‘द ह्वाइट् जोन’ का पदाधिकारीले विद्यालयलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।

सिन्धुली सडक पुनर्निर्माण गर्न जापानले १ अर्व दिने

जापान सरकारले भूकम्पले क्षति भएको सिन्धुली सडक पुनर्निर्माणका लागि १ अर्व ८ करोड ५०लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

काठमाडाैंका विद्यार्थीले दिए कैलालीका विद्यार्थीलाई पुस्तक

काठमाडौंको कलंकीमा रहेको एलआरआई स्कुलमा अध्ययनरत विद्यार्थीले कैलालीका तीन विद्यालयलाई पुस्तक सहयोग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्