८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

जाइका नेपालको प्रमुखमा आसाकुमा नियुक्त

काठमाडौं – जापान सहयोग नियोग (जाइका)ले युमिको आसाकुमालाई नेपाल प्रमुख नियुक्त गरेको छ। आफ्नो कार्यकाल सकिएर फर्कन लागेका वर्तमान प्रमुख जुन साकुमाको स्थानमा उनलाई नियुक्त गरिएको जाइकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

आसाकुमा नेपाल कार्यालयमा खटाइनुअघि जापानस्थित जाइकाको योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत थिइन्। सन् १९९३ बाट जाइकामा काम सुरु गरेकी उनले विभिन्न विभागमा रहेर काम गरेकी छिन्। आसाकुमाले भुटानस्थित जाइकाको कार्यालयमा डिसेम्बर २०१२ देखि मार्च २०१६ सम्म प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन्। आसाकुमा ओसाका विश्वविद्यालयबाट मानविकी र विज्ञान विषयका स्नातक हुन्।

नियुक्तिपछि उनले नेपाल प्रमुख हुन पाएकोमा गौरवान्वित भएको बताउँदै नेपाल र नेपालीको प्रगति तथा विकासको निमित्त सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘विश्वलाई विश्वासका साथ नेतृत्व’ भन्ने जाइकाको मूल नारालाई सार्थक बनाउँदै लैजाने उनको प्रतिबद्धता छ।

प्रकाशित: ७ मंसिर २०७५ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App