७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पत्रकार बुढाथोकीलाई कतार च्यारिटीको आर्थिक सहयोग

काठमाडौं– कतार च्यारिटीले आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई आर्थिक सहयोग गरेको छ। उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल हर्टट्याक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनमा च्यारिटीले सहयोग प्रदान गरेको हो। 

बुढानिलकण्ठ नगरपालिका कपनस्थित बुढाथोकीको निवासमा पुगेर च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले सहयोग रकम हस्तान्तरण गरे। नाफिजका अध्यक्ष सिताराम भट्टराई, उपाध्यक्ष इन्द्र बानियाँ, कार्यसमिति सदस्य मोहम्मद अजमत अलिको उपस्थितीमा शेखले ३ हजार कतारी रियाल बराबरको ९२ हजार ४४२ रुपैयाँको चेक हस्तान्तरण गरे। च्यारिटीले हालसम्म १८ जनालाई उपचारार्थ सहयोग गरिसकेको छ।  

लामो समयदेखि निष्ठाको पत्रकारिता गर्दै आएको बताउँदै बुढाथोकीले च्यारिटीको सहयोगप्रति आभार प्रकट गरे। यस प्रकारको सहयोगले आफूलाई आगामी दिनमा पनि निष्ठाको पत्रकारिता गर्न तर्फ प्रोत्साहन मिलेको उनले बताए। बिगत २३ बर्षदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका बुढाथोकीलाई नाफिजको तर्फबाट यसअघि १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो।   

प्रकाशित: १७ चैत्र २०७५ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App