१६ पुस २०८२ बुधबार
image/svg+xml

३० बिघामा लगाइएको गाँजा र अफिमखेती नष्ट

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो।

समावेशिताको इज्जत पुरुषले पनि राख्न सकेनन् : गोकुल बास्कोटा

बास्कोटाले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू बारम्बार समानुपातिक कोटामा आउनु औचित्य नरहेको भन्दै यस प्रणालीको विरोध भएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

दुई लघुकथासंग्रह ‘लायलामाया क्वय्’ र ‘तरङ्गित’ लाेकार्पण

सिर्जना अभियान समाज, भक्तपुरले शान्ता शाक्यका ‘लायलामाया क्वय्’ र ‘तरङ्गित’ लघुकथासंग्रह लाेकार्पण गरेकाे छ।

थपियो जाडो बिदा, थप तीन दिन विद्यालय बन्द

पछिल्लो दुई सातादेखि महानगर आसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो।

समानुपातिक छाडेर प्रत्यक्षमा चुनाव लड्न तोसिमाको आह्वान

उनले समानुपातिक प्रणालीको उद्देश्य पहुँच, शक्ति र भूगोलका कारण पछि परेका सक्षम नागरिकलाई प्रतिनिधित्व गराउनु भएको भन्दै पार्टीमा आफन्त तथा उच्च पदका व्यक्तिहरू नै समानुपातिक सूचीमा देखिनु यसको मर्म विपरीत भएको बताएकी छिन्।

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ।

दाहाल १० जिल्लाबाट सिफारिस: लोकप्रियता कि चुनाव हार्ने डर?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जिल्लाका ११ क्षेत्रबाट उम्मेदवार सिफारिसमा परेका छन्।

नयाँ वर्षको पूर्वसध्यामा टाइम्स स्क्वायरको बल ड्रप परम्परा

फलाम र काठबाट बनाएको पहिलो बल करिब ७०० पाउन्ड तौल र २५ वाटका बत्तीहरूले सजाइएको थियो। यसको डिजाइनर इलेक्ट्रिक साइन डिजाइनर ज्याकब स्टार थिए।

चिसोले पठनपाठन प्रभावित, १८ गतेसम्म बिदा

उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

क्यानोइङ विजेतालाई मन्त्रीको बधाई

एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका पदकविजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस : मृत्युदण्डको मुद्दा चलिरहँदा बिपीको साहसिक स्वदेश फिर्ती

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो।

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ। भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन्।

शीतलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

शीतलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्