११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोलकातामा रुचाइयो नेपाली सुन्तला

भारतको कोलकातामा सम्पन्न हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाली सुन्तला निक्कै रुचाइयो। नेपालसहित भारत, भुटान, म्यानमारका सुन्तला स्टलमा राखिए पनि पारखीको ध्यान नेपाली उत्पादनमा गयो। भारतका विभिन्न ठाँउबाट ल्याइएका सुन्तला नेपालका भन्दा तुलनात्मक रुपमा सस्ता पनि थिए। तर, सुन्तला किन्नेको घुइँचो नेपाली स्टलमै भयो।

महासमितिबाट अपेक्षा

महात्मा गान्धीको एउटा चर्चित भनाइ छ, ‘समाज परिवर्तन गर्नुभन्दा पहिले आफूमा परिवर्तन ल्याउन जरुरी छ।’  यो भनाइको सन्दर्भ गान्धीले कुन प्रसंगमा जोडे त्यो यहा“ चर्चाको विषय होइन। नेपाली कांग्रेसको महासमिति बैठक यही मंसिर २८ गतेदेखि भइरहेको छ।

ओहोदाभन्दा योगदान स्मृतिमा रहन्छ

पार्टीका उच्च तहका नेताहरूलाई म यस भावुक क्षणमा सादर आग्रह गर्न चाहन्छु, पार्टीको बृहत्तर हितभन्दा हाम्रो स्वार्थमाथि हुनु हुँदैन। इतिहासले बिपी कोइरालाको ओहोदालाई भन्दा योगदानलाई स्मरण गरिराखेको छ।

पटिहानीमा थपिँदै ठूला होटल

नेपाल भ्रमण वर्ष २०२० का लागि छनोट गरिएको सयौं नयाँ पर्यटकीय गन्तव्यमा परेको पटिहानीमा ६ वटा ठूला होटल तथा रिसोर्ट सञ्चालनमा छन्। जसमध्ये पाँचवटा थ्री स्टार लेभलका छन्। अरु साना पर्यटकिय होटल पनि उत्तिकै संख्यामा रहेका छन्।

नेपाली क्रिकेटका पावरको विश्राम

खेलजीवनको अन्तिम समयमा सबै खेलाडीको चाहना हुन्छ, आफ्नो सुखद एवं यादगार बिदाइ होस्। हरेक महान् खेलाडीसँगै घरेलु खेलमै सीमित खेलाडीको चाहना पनि सोही किसिमको हुने गर्दछ। नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य शक्ति गौचन पनि सोही किसिमको प्रदर्शन र बिदाइ चाहन्थे।

नेप्से परिसूचक १७ अंक बढ्यो, १ अर्ब ६३ करोडको कारोवार

धितोपत्र बजारमा यस साता १ अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ। नेपाल स्टक एक्चेन्ज(नेप्से) परिसूचक साताभारमा १७ अंकले बढेको छ।

‘फेसनलाई लुगामा सीमित राख्दिनँ’

फेसन भनेको लाइफस्टाइल हो। मानिसहरु लगाउने कपडा या गरगहनालाई मात्रै फेसन मानिरहेका हुन्छन्, त्यो त एउटा पार्ट मात्रै हो। हाम्रो घरपरिवार कसरी सम्हाल्छौं, आफ्नो परिवारलाई कुन तरिकाले ट्रिटमेन्ट गर्छौं, उनीहरुको अगाडि हामी कसरी प्रस्तुत हुन्छौं अनि सम्पूर्ण कुरालाई कसरी मेन्टेन गछौं, यी सबै फेसन हुन्।

प्रहरी भवन निर्माणका लागि जग्गा दान

डोल्पाको धो–तराप उपत्यकामा नेपाल प्रहरीलाई भवन निर्माणको लागि जग्गा दान गरिएको छ। विश्वको सबैभन्दा अग्लो मानव बस्ती रहेको धो–तराप उपत्यकामा इलाका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका हुन।

कांग्रेस महासमिति बैठक सुरू हुँदै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शनिबारबाट शुभारम्भ हुँदैछ। बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भइसकेको छ।

विराटनगरमा प्रादेशिक दुई प्रतियोगिता

नेपाली फुटबल जगतमा अहिलेसम्म पूर्व क्षेत्र हालको प्रदेश–१ लाई फुटबल खेलाडीको उत्पादन स्थलका रूपमा लिइन्छ। देश संघीयतामा गएसँगै सबै अधिकार र स्रोतसाधनको बाँडफाँट हुँदै गएको छ।

नेकपा स्थायी समिति बैठक आज

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। दिउँसो १ बजे सुरु हुने भनिएको स्थायी समिति बैठकमा प्रदेश समितिका सदस्यको नाम अनुमोदनदेखि सरकारको कार्यशैली समीक्षासम्मको अजेन्डा रहेको कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।

इपिजी प्रतिवेदन भारतले बुझ्नेमा शंका नगर्न आग्रह

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै मुलुकका सरकार प्रमुखसमक्ष छिटै पेस हुने सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन्। उनले प्रतिवेदन कार्यान्वयन पनि भएरै छाड्ने दाबी गरे।

अपेक्ष संगठित र व्यवस्थित कांग्रेस

नेपाली कांग्रेसको महासमिति बैठकले विगतका गल्ती र कमजोरी सच्याउँदै संगठन सुधारका नयाँ कार्यक्रम तय गर्ने धेरैले अनुमान गरेका छन्। एक वर्षअघि सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछि महासमिति बैठक बस्न लागेको हो।

कांग्रेस महासमिति बैठकमा पाँच दस्तावेज प्रस्तुत हुने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शुक्रबारदेखि शुरु भएको छ ।

जीतगढी किल्लामा कर्णेल उजिरसिंहको शालिक बन्ने

अंग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक बुटवलको जीतगढी किल्लालाई धरोहरको रुपमा विकास गर्ने अभियान थालिएको छ। गुरुयोजना बनाएर बुटवल उपमहानगरले जीतगढी किल्लामा नेपालको ठूलो राष्ट्रिय झन्डा र स्व. कर्णेल उजिर सिंह थापाको पूर्ण कदको शालिक निर्माण गर्न गालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्