९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतबाट फर्केका आठ जना कोरोना संक्रमित

सिमानाका झुलाघाटमा एन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणमा संक्रमित पुष्टि भएको हो। नयाँ वर्ष मनाउन भारतबाट फर्केका नागरिकका कोरोना संक्रमण देखिनथालेपछि स्थानीय त्रसित बनेका छन्।

सेटिङमा मदिरा भारत तस्करी

बुधबार भारतीय शहर जयनगरबाट प्रहरीले मदिरासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गर्‍यो । पक्राउ परेका दुवैले आफूहरू नेपालबाट मदिरा भारत तस्करी गर्ने गरेको स्वीकारेका छन । उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्राण्डसहित नेपालमै उत्पादित ब्राण्डका मदिरा बरामद गरेका हुन ।

भारतमा एकैदिन डेढ लाखमा कोरोना संक्रण पुष्टि

मन्त्रालयका अनुसार एकैदिन एक लाख ४५ हजार ३ सय८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय९४ जनाको संक्रमणबाट ज्यान गएको छ। यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९ सय २६ पुगेको छ। जसमध्ये १ करोड १९ लाख ९० हजार ८ सय ५९ जना संक्रमणमुक्त भएका छन्।

नेपालले खरिद गरेको खोप छिटो उपलब्ध गराइदिन भारतसँग आग्रह

नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज कोरोना खोप छिटो उपलब्ध गराइदिन भारत सरकारसँग आग्रह गरेको छ।

भारतमा एकैदिन १ लाख ३१ हजारमा कोरोना संक्रमण

भारतमा शुक्रवार १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ।

छिमेकी भारतमा कोरोना संक्रमण तीव्र

भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ। पहिलो चरणमा भन्दा व्यापक रूपमा यसपटक महामारी फैलिएपछि सरकारी अधिकारी आश्चर्यमा परेका छन्। उनीहरूले मास्क लगाउन गरेको हेलचेक्र्याइँका कारण यसरी महामारीले उग्र रूप लिएको दाबी गरेका छन्।

भारतका प्रधानमन्त्री मोदीले लगाए कोरोनाको दोस्रो खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको कोरोना खोप लगाएका छन्। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन्। 'मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,' सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्।

भारतमा एकैदिन एक लाख २७ हजार कोरोना सङ्क्रमित

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन्।

भारतको सहयोगमा दुई परियोजना बने

नेपालका ५२ जिल्लामा चार सयवटा डाइनोस्टिक स्क्रिनिङ तथा मोतिबिन्दु शल्यक्रिया शिविर र १४ जिल्लामा ग्रामीण भेगका आँखा शिविर सञ्चालनका लागि नेत्र ज्योति संघलाई करिब २१ करोड अनुदान उपलब्ध गराएको छ। भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई पाँचवटा गाडी उपहारस्वरूप प्रदान गर्नुका साथै विद्यालयहरूमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आइकेयर भ्यान पनि उपलब्ध गराएको जनाएको छ।

दक्षिण एसियामा भारत–पाकिस्तान सम्बन्ध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा आफ्ना समकक्षी इमरान खानलाई शुभकामना पत्र पठाउँदै भने– एक छिमेकी मुलुक भएको नाताले भारत, पाकिस्तानी जनतासँग सौहार्द्रपूर्ण सम्बन्ध राख्न चाहन्छ। यसलाई सम्भव तुल्याउन आतंकवाद र शत्रुतामुक्त तथा विश्वास र भरोसाले पूर्ण वातावरण बन्न जरुरी छ।

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो।

भारतबाट घर फर्कनेको लर्को

भारतमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिइरहेका छन्।

भारतीय पाहुना भित्र्याउन नयाँ रुट प्रयोग गरिँदै

हवाई टिकटको झन्झट र बढी मूल्य पर्दा नेपाल आउन हच्किएका भारतीय पर्यटकलाई आउजाउमा सहज हुनेगरि पर्यटन बोर्डले नयाँ रणनीति तय गर्दैछ । बोर्डका अनुसार यतिबेला नेपाल आउन चाहेका ती पर्यटकलाई आन्तरिक उडानमार्फत नेपालसँगको बोर्डर नजिकका भारतीय विमानस्थलसम्म आउने र त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएर उनीहरुलाई गन्तव्यमा पठाउने योजना अघि बढाएको छ ।

भारतले काभ्रेका दुई स्कुल बनाइदिने

भारत सरकारले काभ्रेका दुईवटा सामुदायिक विद्यालय बनाइदिने भएको छ। भारतले काभ्रेको हरिसिद्धि माध्यमिक विद्यालय र सिद्धेश्वर माध्यमिक विद्यालयको भवन निर्माण गरिदिने भएको हो।

भारतमा एकैदिन ८१ हजार कोरोना सङ्क्रमित

सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेका बेला शुक्रबार उनले लकडाउन लगाउने योजना नरहेको स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्