८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना संक्रमित

गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन्। एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो।

भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ।

भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ जनाको मृत्यु

पुनेको औद्योगिक क्षेत्रमा रहेको ‘एसभी एक्वा टेक्नोलजीज’ नामक कम्पनीको स्वामित्वमा रहेको उक्त कारखाना आगलागीमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

'भारतसँगको असमझदारी हटिसक्यो'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा सीमा विवादलाई लिएर उत्पन्न असमझरादी हटेको बताएका छन्।

भारतमा ६१ दिनयता सबभन्दा कम कोरोना सङक्रमित

आइतबार १ लाख ६ सय ३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ। कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो।

कोराेनाको दोश्रो लहरको बेला भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएन

‘गत वर्ष ६७ हजारसम्म क्वारेन्टिनमा बसेका थिए’, स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक गुणराज अवस्थीले भने,‘यस पटक भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएन ।’

भारतबाट जिटुजीमा मल ल्याइँदै

‘वार्षिक करिब दुई लाखका दरले पाँच वर्षका लागि जिटुजी गर्ने तयारी छ,’ कार्कीले भने, ‘यो प्रक्रियाबाट मल खरिद गर्दा अभावको समस्या हट्छ।’ खरिद गर्ने मल बजारको चलनचल्ती मूल्यभन्दा कममा पाइने कार्कीले बताए।

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ। भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ।

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्।

पछिल्लो राजनीतिक घटना नेपालको आन्तरिक मामिला: भारत

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराव श्रीवास्तवले पत्रकारसम्मेलनमा नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गर्दे प्रजातान्त्रिक पक्रियाद्वारा नेपाललेनै समाधान गर्ने बिषय रहेको जनाएका छन्।

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

कोरोना कहरको दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित भएको भारतको राजधानी दिल्ली र मुम्बइमा पछिल्लो केहि सातायता सुधार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

सेरमले तत्काल खोप नदिने

सेरमबाट उत्पादित खोपको पहिलो डोज लिएकालाई दोस्रो डोज पनि सोही खोप दिनुपर्छ। सेरमले यो वर्षभरि नै खोप उपलब्ध गराउन नसक्ने जनाएपछि पहिलो डोज खोप लिइसकेकालाई दोस्रो डोज कसरी दिने भन्ने अन्योल उत्पन्न भएको छ।

बन्धक जीवनको तीन वर्षपछि सिमाको उद्धार

आमाबाबुलाई छोराले जस्तै खुसी दिने रहर बोकेर कामको खोजीमा हिँडेकी सिमाले जीवनमा सबैभन्दा ठूलो पीडा भोग्नु पर्यो। उनले जसलाई विश्वास गरिन्, त्यसैबाट धोका पाइन्। उनको यो कथा सायद् अझै बन्दी हुन्थ्यो होला, यदि उनले त्यहाँबाट भाग्ने आँट नगरेकी भए। उनले ‘बरु मर्छु, तर यहाँ बस्दिन’ भनेर जीवनलाई नै जोखिममा राखेर काम गर्दै आएको घरको पर्खाल नाघिन्।

भारतमा कोभिड–१९ का दैनिक संक्रमितहरु तीन लाखबाट घटे

यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्