७ आश्विन २०८१ सोमबार
image/svg+xml

जुम्ला प्रशासनमा डिजिटल बडापत्र

जिल्ला प्रशासन कार्यालय जुम्लामा डिजिटल बडापत्र राखिएको छ । यसअघि खस भाषामा अडियो बडापत्र राखिएको जुम्ला प्रशासनमा पहिलो पटक डिजिटल बडापत्र राखिएको हो ।

कर्णाली प्रतिष्ठानमा पिसिआर परीक्षण सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण थालिएको छ ।

गर्भवतीलाई उपाध्यक्षको कोसेली

जुम्ला तिला गाउँपालिका ९ की पम्फा बुढा नौ महिनाकी गर्भवती हुन् । उनी सुत्केरी हुने समय नजिकिदै गर्दा पोषिलो खानेकुराको जोहो गर्न थालेकी छिन् । नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गर्दै आएकी पम्फा गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले पोषिलो खानेकुरा उपलब्ध गराउँदा निकै खुसी भइन् ।

तीन सय हुम्लीको उद्धार

नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ।

जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार

जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९  थारु समुदायका कामदारलाई यहाँ उद्धार गरिएको छ।

जुम्ला-जाजरकोट नाकामा कडाइ गर्न माग

पछिल्लो समय सुर्खेत छिन्छु हुदैँ जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाकामा कडाइ गर्न माग गरेका हुन्।

चन्दननाथमा एक करोडको राहत कोष

जिल्लाको चन्दननाथ नगरपालिकाले  कोरोना भाइरस (कोभिड – १९) को नियन्त्रण तथा रोकथामका लागि एक करोडको राहत कोष खडा गरेको छ। नगरकार्यपालिका बैठकले नगरपालिकामा विनियोजित विभिन्न शिर्षकको बजेट रकमान्तर गरेर राहतकोष खडा गरेको हो। कोषमा जनप्रतिनिधिको दुइ पटकको बैठक भत्ता र कर्मचारीको दुइ दिनको तलब जम्मा हुनेछ।

जुम्लामा विदेशबाट आउनेको तथ्यांक खोज्दै प्रशासन

जिल्ला प्रशासन कार्यालय जुम्लाले विदेशबाट आउनेहरुको तथ्यांक संकलनको काम अघि बढाएको छ। भारत र खाडीमुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको हो।

जुम्लामा विदेशबाट फर्किएकाहरू निगरानी केन्द्रमा बस्न मानेनन्

जिल्लाको तातोपानी गाउँपालिका– ७ का पाँच जना युवा चैत १० गते गाउँमा पुगे। कोरोना प्रभावित छिमेकी मुलुक भारतबाट आएका उनीहरुदेखी यतिबेला गाउँलेहरू त्रासिद छन्। उनीहरू न अहिले सम्म निगरानी केन्द्रमा छन्। न कुनै सावधानी अपनाएका छन्। अहिलेसम्म उनीहरू उल्टै भेटघाटमै व्यस्त छन्।

कोरोनाविरुद्व जुम्लामा उच्च सर्तकता

कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरेको अस्पताल परिचालन तथा समन्वय समिति जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका निगरानी केन्द्र अनुगमन गर्न गाउँमा पुगेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी कार्यव्यस्तताका कारण आउन नसकेपछि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको नेतृत्वको टोली निगरानी केन्द्रको अनुगमनमा निस्केको हो।

तिलामा बन्यो ५० बेडको क्वारेन्टाइन

तिला गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। यहाँको सितानगर बजारमा रहेको सिता माध्यमिक विद्यालय रारालिहीमा २० बेड, त्रिवेणीमा रहेको  भैरव आधारभुत विद्यालयमा १० बेड, नाभिडाँडा आधारभुत विद्यालय सापुल्लीमा १० बेड र कुडारी वडा कार्यालयमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो।

जुम्लामा ‘थर्मल स्क्यानर’ नहुँदा सकस

जिल्लाको हिमा गाउँपालिका हेल्थ डेस्क स्थापना भएको दुइ साता बित्यो। ६ स्थानमा क्वारेन्टाइन छन् । तर हेल्थ डेस्कमा ज्वरो नाप्ने ‘थर्मल स्क्यानर’ नहुदा चेकजाँचमा समस्या भईरहेको छ। गाउँपालिका अध्यक्ष रजबहादुर शाही ‘थर्मल स्क्यानर’ खरिद गर्नका लागि धेरै ठाउँ पहल भएपनि पाउन नसकिएको बताउँछन्।

भारतबाट जुम्ला भित्रिएका ३१ जना क्वारेन्टाइनमा

जुम्लामा भारतबाट भित्रिएका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको पातारासी गाउँपालिकामा ६ जना, हिमा गाउँपालिकामा २४ जना र चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा १ जना गरेर ३१ जनालाई क्वारेन्टलाइनमा राखिएको हो।

जुम्ला एकसाताका लागि ‘लकडाउन’

विश्वर कोराना भाइरस (कोभिड– १९) महामारीको रुपमा फैलिएकाले नियन्त्रणको लागि जुम्लामा एक हप्ता ‘लकडाउन’ गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले चैत १० देखि १६ गते सम्म जुम्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो।

प्रांगारिक खेतीमा जम्दै सिँजाली

सिँजा गाउँपालिका–२ का प्रेमबहादुर खत्री प्रांगारिक खेती गर्न निकै हौसिएका छन्। उनले दुई वर्षयता कृषिमा विषादी प्रयोग गरेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्