३ मंसिर २०८१ सोमबार
image/svg+xml

मुलुककाे समस्या समाधान नगरी प्रधानमन्त्री भारत जानु गलत: यादव

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुको कुनै औचित्य नहुने बताएका छन्।

भारत र चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग

सुदुरपश्चिमका प्रतिनिधिहरुले चीन र भारत जोडने सेती लोक मार्गलाई द्रुत निर्माण गर्न माग गरेका छन्। उक्त राजमार्गको उत्तरमा पर्ने तिब्बतको ताक्लाकोट नाका खोल्न चीनसँग र दक्षिणमा पर्ने भारतको तिकुनिया नाकामा रहेको भन्सारको स्तरोन्नति गर्न भारतसँग पहल गर्न उनीहरुले अनुरोध गरेका छन्।

'हामी भारत र चीनको चियो गर्न आएका होइनौं'

दक्षिण र मध्य एसियाली मुलुकका लागि अमेरिकी सहायक मन्त्री निशा देसाई विसवालले नेपालसहित विश्वका ११ मुलुकको विदेश नीति हेर्छिन्। सन् २०१३ मा सहायक मन्त्री नियुक्त भएयता उनले नेपालका घटनाक्रमलाई निकटबाट नियालिरहेकी छन्। विसवालले भर्खरै सम्पन्न आफ्नो नेपाल भ्रमणका क्रममा नयाँ सरकार र भूकम्पपछिको पुनर्निर्माणका अतिरिक्त सम्पूर्ण राजनीतिक प्रक्रियाका विषयमा बुझ्न भ्याइन्।

भारत परस्तताको राजनीति

राजेन्द्र महतो, अरु मधेसी नेता, त्यसमध्ये पनि उपेन्द्र यादव जस्ता नेता वा विमलेन्द्र निधी जस्ता मधेसी मूलका तर राष्ट्रिय दलमै रहिरहेका नेता, पुष्पकमल दाहाल, शेरबहादुर, ओली प्रत्येकमाथिको भारतीय प्रभावको आयाम र आयतन बिल्कुल फरक छ।

भारतीय अड्कोले अदुवा कुहिँदै

मुख्य सिजनमा निर्यात प्रतिबन्ध लगाउने र खोल्दा पनि हरेक पटक प्रयोगशाला रिपोर्ट अनिवार्य चाहिने भारतीय अड्कोले नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजार अनिश्चित बनेको छ। प्रमुख तथा एक मात्र अन्तर्राष्ट्रिय बजारले यस्तो जटिल सर्त अघि सारेपछि निरन्तर खुम्चिँदै गएको बजार झन् –झन् पहुँचभन्दा पर पुग्ने खतरा बढेको हो।

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीब्र, ठूला सम्झौता नहुने

प्रधानमन्त्रीले पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणको तयारी तीब्र पारेका छन्। दाहालले भ्रमणको तयारी स्वरुप आइतबार पराराष्ट्र, गृह, अर्थ, आपुर्ती, उर्जामन्त्री र सचिवहरुसँग बैठक समेत गरेका छन्। उनले भ्रमणका एजेण्डा तय गर्न मन्त्रालयहरुलाई निर्देशन समेत दिए।

भारतीय प्रहरीद्वारा २२ नेपाली युवतीको उद्दार

भारतीय प्रहरीले एक होटलमा छापा मार्दै बेचिन लागेका २२ नेपाली युवतीको उद्दार गरेको छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थनल नजिकै रहेको एक होटलमा छापा मार्दै उनीहरुलाई उद्दार गर्न गरेको प्रहरीले जनाएको छ। प्रहरीले नेपाली दूतावासको आग्रहमा उक्त होटलमा छापा मारेको जनाएको छ।

'प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सन्धि, सम्झौता'

वाणिज्य मन्त्री रोमी गौचन थकालीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा महत्वपूर्ण द्विपक्षीय सन्धि–सम्झौता हुने सम्भावना रहेको बताएका छन्। मन्त्री थकालीले विगतमा भएका सबै खाले सन्धि–सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै अघि बढ्ने र नयाँ केही सम्झौता प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा हुने विश्वास व्यक्त गरेका हुन्।

पोखराबाट अपहरित भारतीय नागरिकको उद्धार, अपहरणकारी पक्राउ

कास्की- पोखरामा अपहरणमा परेका भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई प्रहरीले उद्धार गरेको छ। भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएका उनी भदौ १२ गते अपहरणमा परेका थिए। अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतका १० ट्रेड युनियन देशव्यापी हड्तालमा

भारतमा विभिन्न श्रमिक संगठनहरू संयुक्त रूपमा शुक्रबार देशव्यापी हड्तालमा उत्रिएका छन् । भारतका विभिन्न १० ट्रेड युनियनले विभिन्न १२ शुत्रिय माग राख्दै आज हड्तालमा उत्रिएका हुन्।

भारत र चीनलाई 'परिपक्व' सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले दुई छिमेकी भारत र चीनका निम्ति दुई राजदूतको सिफारिसमार्फत कूटनीतिक गाम्भीर्यको संकेत गरेको छ। पूर्ववर्ती केपी शर्मा ओलीले भारतबाट असमयमै फिर्ता गरेका दीपकुमार उपाध्यायलाई पुनः सोही देशको राजदूतमा सिफारिस गरेर दाहाल सरकारले उनीमाथि न्याय मात्र गरेको छैन, सम्बन्ध सुधारमा नेपाल संवेदनशील रहेको भारतलाई समेत सन्देश पनि दिएको छ

भारत र चीनका लागि राजदूत सिफारिस

मन्त्रिपरिषद बैठकले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ। भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणी पाैडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

भारतको सिमलामा बाढीले एकै परिवारका ६ नेपालीको मृत्यु

भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ। भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन्।

भारतमा अदुवा निर्यात प्रतिबन्धित

पानीट्यांकी (भारत)- चियामा विषादी र अलैंचीमा मिसावटको कारण देखाउँदै कारोबार नै प्रभावित पारिदिएको भारतीय बजारले नेपालको अर्को कृषि उत्पादन अदुवामा पनि खोट देखाउँदै आयात रोक लगाएको छ।

उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार

काठमाडौं- मानवतस्करले उज्वेकिस्तानका युवतीलाई नेपालको बाटो हुँदै अवैध तरिकाले भारतीय ‘यौनबजार’ पुर्‍याउने गरेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्