भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु
शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
कालिकोटको रास्कोट नगरपालिका–२ सेराचौरमा बिहीबार बिहान ७ बजे एक बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो।
कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्।
कालिकोट रास्कोटमा जिप दुर्घटनामा परी घाइते भएकी रिता सिंह 'शाही'को करिब तीन घण्टापछि हेलिकप्टर मार्फत उद्वार गरिएको छ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका-१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो।
भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने घोषणा भारत सरकारले गरेको छ।
मृत्यु हुनेमा जुम्लाको तिला गाउँपालिका -५ चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जोशीले बताए।
हिजोराति मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीमा पिक अप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ।
बिहीबार बिहानै रुकुम पश्चिममा गाडी दुर्घटना हुँदा २२ दिनको शिशु सहित ५ जनाको मृत्यु भयो।
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सुत्केरी महिला सहित ५ जना छन्।
पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्। आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।