११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

जिप दुर्घटनाका मृतक श्रीमान श्रीमतीको दाहासंकार

कालिकोटको रास्कोट नगरपालिका–२ सेराचौरमा बिहीबार बिहान ७ बजे एक बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो।

रास्कोटबाट सदरमुकाम मान्म जाने क्रममा ग ३ च ४६१० जिप दुर्घटना हुँदा रास्कोट १ सिप्खानाका ४३ वर्षीय मनबहादुर शाही र उनकी पत्नी ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु थियो।

मृतक श्रीमान श्रीमतीको दाहासंकार गरिएको छ। प्रहरीले पोष्टमाटम गरेर आफन्तलाई जिम्मा लगाएपछि शनिवार दाहासंकार गरिएको हो। गाडि चालकलाई प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

दुर्घटनामा सोही वडाकी ३० वर्षीया रिता शाही सिंह सक्त घाइते भएका थियो। उनको सुर्खेतमा उपचार भईरहेको छ।

दुबै जनालाई एउटै चिहानमा दाहासंकार गरिएको स्थानीयले बताएका छन् गाडी  चालक सुर्खेत घर भएका २१ वर्षीय विनोद दर्लामीले गाडी र्स्टाट गरेर बाहिर झरेर जुत्ताको तुना बाँध्न लाग्दा गाडी पछाडी गुडेर दुर्घटना भएको हो प्रहरीले जनाएको छ।चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २७ जेष्ठ २०८० १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App