२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाल्पामा कृषि, पर्यटन तथा सांस्कृतिक मेला सुरु

वैशाख २ गतेसम्म चल्ने मेला उद्घाटन गर्दै पूर्वमन्त्री पाण्डेले कम्युनिस्ट सरकारले जनताको भावना बुझेर काम गर्दै आएको उल्लेख गरे।

विकासका पूर्वाधार पुर्‍याएर कर्णालीलाई सुगम बनाइनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडक स्तरोन्नति गरिने बताएका छन्। डोल्पो समाजले शनिबार आयोजना गरेको ल्होसार पर्वको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार पुर्‍याएर डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए।

टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव हुने

सोनाम ल्होछार मूल आयोजक समितिले माघ २१ र २२ गते टुँडिखेलमा तामाङ साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागेको हो।

सांस्कृतिक भवन निर्माण गर्न धार्मिक महोत्सव

गंगेश्वर महादेव मन्दिरले सांस्कृतिक भवन निर्माण गर्न धार्मिक महा–महोत्सव सञ्चालन गरेको उछ। महोत्सव पुस २२ गतेदेखि २९ गतेसम्म चल्नेछ।

भूकम्पले भत्किएका २४३ सम्पदा पुनःनिर्माण अलपत्र

गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदा पुनःनिर्माणकाे काम भने सुरु हुन सकेको छैन। भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

जनकपुरधाममा विवाहपञ्चमीकाे रमझम

अहिले फेरि जनकपुरधाम चर्चामा आउन थालेको छ । त्यसको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन् । आगामी मंसिर २६ गते (२०१८) विवाह पञ्चमीको अवसरमा उनी अयोध्याबाट जन्तीकै रुपमा सामेल हुन आउने कुरा यहाँ आइसकेको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा आउन लागेका उनी त्यसै अवसरमा जनकपुरधाम (कुर्था) (जयनगर भारत) ब्रोडगेज रेलवेको जनकपुरधामबाट शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।

शिवजी साँझमा राष्ट्रिय कलाकारको धमाका

गोधूलि साँझ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमालका लर्कनमा मात्रै घामको झुल्को छ। हिमालको चिसो सिरेटोसँगै गोधूलि साँझ ढल्किँदै छ। शिवजी मन्दिरका घन्टीहरू अझै बजिरहेछन् । मन्दिरमा दर्शनार्थीको घुइँचो छ।

क्रिकेट एकेडेमीका लागि सहयोग जुटाउन झिलझिलेमा सांस्कृतिक महोत्सव

क्रिकेट एकेडेमी निर्माणका लागि सहयोग जुटाउन झापाको शिवसताक्षीस्थित झिलझिलेमा एक साता लामो सांस्कृतिक महोत्सवसहित सांगीतिक मेला लाग्ने भएको छ। वडादशै, दीपावली तथा छठ पर्वको अवसर पारेर शिवसताक्षी युथ क्लबले सास इन्टरनेमेन्टको सहकार्यमा यहीँ कात्तिक १३ गतेदेखि २० गतेसम्म सांस्कृतिक महोत्सवसहित मेला सञ्चालन गर्न लागेको हो।

पर्वले बढाउँदै सामुदायिक अन्तरघुलन

लहान–३ स्थित शिव मन्दिरमा बुधबार विहानैदेखि तीजको कथा श्रवण गर्ने महिलाहरुको बाक्लो उपस्थिती थियो। तीज कथा श्रवण गर्ने मधेसी र पहाडी महिलाको सरोबरी उपस्थिती पर्वले यस समुदायमा सांस्कृतिक अन्तरघुलन बलियो बनाउँदै गएको प्रमाण दिएको छ।

तिब्बतमा सभामुख महराले भने : चीनविरुद्ध कुनै गतिविधि हुन दिँदैनौं

सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, साँस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले तिब्बतको ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं साँस्कृतिक प्रदर्शन २०१८’ को उद्घाटन गर्दै सभामुख महराले तिब्बतसँगको सम्बन्धले चीन र नेपाल दुई देशबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताए।

दिवंगत आत्मालाई सम्झिएर गाईजात्रा मनाइँदै

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

संगीतले पनि हामीलाई विश्वमा चिनाउन सक्छ

नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । हाम्रो संगीत परापूर्वकालदेखि नै संस्कृतिसँग जोडिँदै आएको छ । हामीकहाँ जन्मदेखि मृत्युसम्मका संगीत–संस्कृति छन् । चाडपर्व, बिहा–बटुलोदेखि हरेक ऋतुअनुसारका संगीत छन्।

नेपाल—भारतबीच विश्वास

‘हामीलाई नेपालीसँग कुनै समस्या छैन’, भारतमा छिमेकी मुलुकहरू विशेषतः बङ्गलादेशी नागरिकहरूको गैरकानुनी प्रवेश बढिरहेको विषय उठेपछि सत्तारूढ भारतीय जनता पार्टीका शीर्ष नेताहरूको पछिल्लो बैठकको निष्कर्ष हो, यो।

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा उनका पुत्र यमन, सतिश महर्जन, सुरजवीर बज्राचार्य, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, विष्णसुन्दर देशेमरु, सरिता प्रजापति लगायतले गीत गाएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्