केही समयदेखि संगीतको रोयल्टीबारे विवादले बजार तातिएको छ। त्यसमा रेडियो नेपालका गीत म्युजिक नेपाल लगायत अन्य कम्पनीमा कसरी पुगे र तिनबाट भएको आयआर्जन सम्बन्धमा प्रश्न उठाइएका छन्।
नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । हाम्रो संगीत परापूर्वकालदेखि नै संस्कृतिसँग जोडिँदै आएको छ । हामीकहाँ जन्मदेखि मृत्युसम्मका संगीत–संस्कृति छन् । चाडपर्व, बिहा–बटुलोदेखि हरेक ऋतुअनुसारका संगीत छन्।