७ आश्विन २०८१ सोमबार
image/svg+xml

बहिनीले दिदीलाई स्वदेश फर्काइन् (भिडियो सहित)

चन्द्रमाला भित्रको छटपटीले दिदी सूर्यमाला र भिनाजु सरोज खनाललाइ सात समुन्द्रपारीबाट नेपाल फर्काउन अनेकन प्रयास गरिरहिन् । अन्ततः उनको प्रयास पाँच/ छ वर्षपछि सफल भयो । त्यसपछि मात्रै दिदी बहिनीको सपना मन्दिर माला आर्ट एकेडेमी खुल्यो

मिक्लाजुङमा पुस्तक मेला

विद्यार्थीको पठन संस्कृति विकास गर्ने उद्देश्यले मोरङको उत्तरी भेग मिक्लाजुङस्थित टाँडी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ। राष्ट्रगानका लेखक व्याकुल माइलाको हातबाट बिहीबार उक्त पुस्तकालय उद्घाटन गरिएको छ।

जलरङ क्यानभासमा सुन्दर लुम्बिनी

गत सोमबारदेखि राजधानी र लुम्बिनीमा एकैसाथ सुरु भएको ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’मा सहभागी स्वदेशी तथा विदेशी कलाकारहरू जलरङमा क्यानभास कोर्न व्यस्त छन्। राजधानीको नेपाल कला परिषदमा राखिएका ४० देशका कलाकारको ३ सय बढी चित्र हेर्न कला पारखीको भिड बढ्दो छ।

सुनसरी मोरङ करिडोरका उद्योगमा अर्बौं लगानी थप

राजनीतिक स्थायित्वपछि विकास निर्माणले गति लिने आसमा सुनसरी–मोरङ औद्योगिक करिडोरमा निर्माण समाग्री उत्पादन गर्ने ठूला उद्योग थपिन थालेका छन्। सुनसरी–मोरङ औद्योगिक करिडोरका विभिन्न स्थानमा फलामे डन्डी, सिमेन्ट जस्ता निर्माण सामग्री उत्पादन गर्ने नयाँ उद्योग धमाधम स्थापना हुन थालेका हुन्।

जलरङमा छचल्कियो विश्वभरको रङ

प्रेमबारे मानिसको आ–आफ्नै बुझाई छन्। अमेरिकी कलाकार मिन्नी भ्यालेरो प्रेमलाई ‘लभ इज नट अदर प्लेस, इट इज इन् हार्ट’का रुपमा व्याख्या गर्छिन्। यही भावलाई कलाकार मिन्नीले सोमबारबाट राजधानीमा शुरु भएको ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’मा आफ्नो क्यानभासमार्फत व्यक्त गरिन्।

काठमाडौं र लुम्बिनीमा ४० देशका कलाकार सहभागि हुँदै

कला र पर्यटनलाई जोड्दै काठमाडौं र लुम्बिनीमा ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ हुने भएको छ। इन्टरनेसनल वाटरकलर सोसाइटी नेपाल च्याप्टरले आयोजना गर्न लागेको महोत्सवमा नेपालसहित ४० देशका कलाकारले कुची चलाउने छन्।

कित्थेको सारङ्गी र डीक्राको स्वर

बिछ्याउनु छ भावनाको जून हृदयको गरामा र अलाप्नु छ सारङ्गीको धुनसँगै आलाप ठाडीभाकामा । पुख्र्यौली पेशा हो उनको सारङ्गीको धुनमा लय मिलाउँदै गाउँदै गाउँगाउँबाट अन्नपानी बटुलेर गुजारा चलाउनु । आखिर जिन्दगी भन्नु एउटा आलाप न हो । कहिल्यै बिछोडको, कहिल्यै विरहको, कहिले पीडाको त कहिल्यै अभावको अलाप निस्किरहेकै थियो जिन्दगीको गोरेटोमा ।

बाढिले काठेपुल बगाउँदा असारदेखि विद्यार्थी विद्यालय जानबाट बन्चित

हुम्लाको खापुनार्थ गाउँपालिका ३ मा रहेको कारङ्ग खोलामा पुल नहुँदा गएको असारबाट कारङ्गका १४ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन।

गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला बन्दै

गोदावरी नगरपालिका  ११ स्थित गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ। गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।

आँसुका अक्षरमा गन्धर्वको पहिचान

अंग्रेजी दार्शनिक एवं लेखक फ्रान्सिस बेकन भन्छन्, ‘केही पुस्तक चाख्नका लागि र केही चपाएर पचाउनका लागि योग्य हुन्छन्।’ उनकै भनाइ सापटी लिएर भन्ने हो भने नेपाली साहित्यमा चपाएर पचाउन लायक पुस्तक हो– सारङ्गी।

मोरङमा रासायनिक मल पर्याप्त

मोरङमा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात छ। वर्षे धानबालीका लागी रासायनिक मलको अभाव नभएको साल्टट्रेडिङ  कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्