७ पुस २०८१ आइतबार
image/svg+xml

भारतका पूर्व रक्षामन्त्री फर्नानडिजको निधन

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नानडिजको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कर्नाटकमा उनका भाइ माइकल फर्नाडीसले जर्ज फर्नानडिजको निधन भएको बीबीसीलाई बताए।

प्रयोगधर्मी लेखक मोराशको महाप्रस्थान

नेपाली सिर्जनात्मक साहित्य, भाषा व्याकरण, समालोचना र प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मोहनराज शर्मा (मोराश) को बिहीबार ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्मालाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएको थियो।

कलाकार गणेश मुनालको निधन

कलाकार गणेश मुनालको निधन भएको छ। उनको उपचारको क्रममा सोमबार वीर अस्पतालमा निधन भएको हो। उनी दमको समस्याबाट पीडित थिए।

कादर खानको निधन

चर्चित बलिउड अभिनेता कादर खानको ८१ वार्षको उमेरमा क्यानडामा निधन भएको छ। श्वासप्रश्वासको समस्याबाट पीडित खानको केही समयदेखी क्यानडामा उपचार भइरहेको थियो।

कादर खानको निधन हल्ला मात्रै, छोराले दिए प्रष्टिकरण

बलिउडका वरिष्ठ अभिनेता कादर खानको निधनको हल्ला फैलिएपछि उनको परिवारले आपत्ति जनाएको छ।  भारतको सरकारी समाचार एजेन्सी पिटिआईसँग कुरा गर्दै कादरका छोरा सरफारजले आफ्ना पिताको क्यानडामा उपचार भइरहेको प्रष्ट पार्दै निधनको खबरप्रति आपत्ति जनाएका छन्।

अस्ताए ‘घाँस काट्ने...’ गायक बुद्धिकृष्ण

लोकगायक बुद्धिकृष्ण लामिछाने हास्य कलाकार जितु नेपाललाई भेट्दा आफूलाई पनि विदेशमा हुने कार्यक्रममा लैजान आग्रह गर्थे। रेडियो नेपालमा नियमित भेट भइरहँदा बुद्धिकृष्ण जितुलाई विदेशको स्टेजमा पनि गीत गाउने चाहना राख्थे। तर उनको चाहना अब कहिल्यै पूरा हुने छैन।

राजकीय सम्मान विनै पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि

पूर्व प्रधानमन्त्री तथा बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको बुधवार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। पूर्व प्रधानमन्त्री भए पनि राजकीय सम्मान लिन अस्वीकार गर्दै डा. गिरीको इच्छा अनुसार सामान्य मानिससरह अन्त्येष्टि गरिएको हो।

पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार  मंगलबार बिहान बुढानिलकण्ठ स्थित निवासमा उनको निधन भएको हो।

इतिहासकार मल्लको निधन

इतिहासकार तथा लेखक डा. कमलप्रकाश मल्लको ८३ वर्षको उमेरमा अमेरिकाको एटलान्टामा शनिबार राति निधन भएको छ । १५ वर्षदेखि अमेरिकामा नै बस्दै आएका मल्ल लामो समय नशा सम्बन्धी पार्किङसन्स रोगबाट पीडित थिए।

हृदयघातका कारण उद्योग वाणिज्य संघ पाल्पाका उपाध्यक्ष कार्कीको निधन

पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कमलकृष्ण कार्कीको निधन भएको छ।

सुपरहिरोका रचयिता लीको निधन

स्पाइडरम्यान, आइरनम्यान र द हल्क जस्ता सुपरहिरोका रचयिता अमेरिकी लेखक तथा मार्वेल कमिक्सका पूर्व अध्यक्ष स्टेन लीको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका लीको सोमबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो।

पद्मरत्न तुलाधरको अन्त्येष्टि आज

मानवअधिकारवादी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधारको आज अन्त्येष्टि गरिदैछ। ७८ वर्षको उमेरमा तुलाधरको आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो।

सम्झनामा पद्मरत्न

नेपाली वाम–लोकतान्त्रिक आन्दोलनको छुटाउनै नहुने एउटा नाम हो– पद्मरत्न तुलाधर। ७८ वर्षअघि काठमाडौँमा जन्मेका तुलाधरको आइतबार दिउँसो अस्पतालमा निधन भएसँगै नेपाली लोकतान्त्रिक संघर्षको एउटा इतिहासमा पनि विराम लागेको छ।

शान्ति प्रक्रियाको वातावरण बनाउन तुलाधरको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पद्मरत्न तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताएका छन्। उनले जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्नेपात्र भएको अध्यक्ष दाहालको बुझाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्