७ पुस २०८१ आइतबार
image/svg+xml

पद्मरत्न तुलाधर : अँध्यारो समयमा बलेको बत्ती

एउटा आदर्श, एक मोडेल, एक प्रतीक । अँध्यारो समयमा बलेको बत्ती । नेपालमा बोलिने सबै मातृभाषाको समान अधिकार प्राप्तिको संघर्षका कारण प्रेरणास्रोत । कसैका लागि उनी पत्रकार, कसैका लागि साहित्यकार, कसैका लागि भाषा र जातिका अधिकारका अभियन्ता, कसैका लागि मानवअधिकारका अगुवा, कसैका लागि वामपन्थी नेता त कसैका लागि लोकतान्त्रिक गणतन्त्रकै नायक । मेरा  लागि हामी बाँचेको समाजलाई लोकतान्त्रिक र मानवीय बनाउन खोज्ने असल र सरल मान्छे!

रहेनन् पद्मरत्न तुलाधर

अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ। उनको उपचारको क्रममा थापाथली स्थित नर्भिक अस्पतालमा आज दिउँसो निधन भएको हो। उनलाई यस अघि शुक्रबार उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पतालमा समेत भर्ना गरिएको थियो। त्यहाँबाट उनलाई नर्भिक अस्पतालमा रेफर गरिएको थियो।

ज्ञवालीको निधनले प्रधानमन्त्री दुःखी, परिवारजनप्रति समवेदना प्रकट

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेका छन्। ज्ञवालीको परिवारलाई मंगलवार शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले भनेका छन, ‘शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

कांग्रेस नेता चक्र बाँस्तोलाको राति निधन

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ। ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका उनको शनिवार राति ९ बजेर २० मिनेटमा घरमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

बिजुलीको पोलले लागेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको इमाडोलस्थित टिकाथलीमा रहेको घर नजिकै बिजुलीको पोलले लागेपछि बोगटी गम्भीर घाइते भएका थिए ।

ऋषि कपूरकी आमा कृष्णाराजको निधन, शोकमा बलिउड

बलिउडका दिग्गज अभिनेता राज कपूरकी पत्नी कृष्णा राज कपूरको ८७ वर्षको सोमबार विहान निधन भएको छ। कृष्णालाई श्वासप्रश्वासमा समस्या थियो। कृष्णाको निधनको खबरसँगै बलिउड शोकमा डुबेको छ।

अस्ताए गगन विरही

निधन अघिसम्म मान्छेका अनेक इच्छा हुन्छन् । साहित्कार तथा फिल्म निर्देशक गगन विरहीको पनि पुस्तक सार्वजनिक गर्ने अन्तिम इच्छा थियो । त्यो इच्छा पूरा भएसँगै विरहीले भौतिक दुनियाँ छाडेका छन्।

१ सय १५ वर्षीया गुरुङको निधन

पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।

‘रुदाली’की निर्देशक लाजमीको निधन

बलिउडकी चर्चित निर्देशक कल्पना लाजमीको निधन भएको छ। लामो समयदेखि मृगौला क्यान्सरबाट पीडित लाजमीको धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा आइतार विहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको आजै दाहसंस्कार गरिएको छ।

नासु कोइरालाको दुर्घटनामा निधन

इलामको चुलाचुली गाउँपालिकाका नायव सुब्बा जितबहादुर कोइराला (जगत)को सवारी दुर्घटनामा निधन भएको छ।

भियतनामी राष्ट्रपति ट्रान दाई क्वाङको निधन

भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

गायक तथा नाट्यकर्मी बरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन भएको छ । १९८२ असोज २ गते जन्मियका ९३ वर्षीय रिमालको गएराति बानेश्वरस्थित निवासमा निधन भएको हो। रिमाल लामो समयदेखि अस्वस्थ थिए।

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएक छ। नोवेल शान्ति पुरस्कार समेत विजेता अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो। अन्नान सातौ महासचिव हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्