२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भियतनामी राष्ट्रपति ट्रान दाई क्वाङको निधन

हनोई – भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको हो। उनले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हालेका थिए। यसअघि उनले चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

आलङ्कारिक राष्ट्रपतिका रुपमा रहेपनि उनले भियतनामका प्रभावशाली नेताको छवि बनाएका थिए। गत साता आफ्नो कमजोर स्वास्थ्यकाबीचमा पनि राष्ट्रपति ट्रानले इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको स्वागत कार्यक्रमको आतिथ्य गरेका थिए।

हनोईमा चिनियाँ राजनीतिज्ञ र विदेशी प्रतिनिधिमण्डलसँग उनले सार्वजनिक रुपमा दुई दिन अगाडिमात्र भेटवार्ता गरेका थिए। कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका राष्ट्रपति ट्रानको पार्टीभित्र गहिरो प्रभाव रहेको छ।

 

प्रकाशित: ५ आश्विन २०७५ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App