१ वैशाख २०८३ मंगलबार
image/svg+xml

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रवि लामिछाने

'खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्,' उने सामाजिक सञ्जालमा भने, 'हाम्रो तार्फबाट धेरै शुभकामना।'

नयाँ वर्षमा प्रकृतिको अनुपम उपहार ‘फूल’

नयाँ वर्षमा मात्र फुल्ने यस अनुपम फूललाई हेर्न मिथिलाञ्चल, पूर्वी तराई, बिहार र नेपालका अन्य जिल्लाबाट पनि श्रद्धालु भेला भएका छन्। भारत बिहारबाट आएका श्रद्धालुहरूमा विशेषगरी ‘दुसाद’ जातिको उपस्थिति उल्लेखनीय रहेको पुजारी धामी बताउँछन्। सलहेसलाई ‘दुसाद’ जातिको कुलदेवता मानिने भएकाले भारतबाट पनि उल्लेख्य संख्यामा भक्तजन आउँछन्।

बाँकेमा गहुँ खेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

बाँके जिल्लामा गहुँ खेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा वृद्धि भएको छ।

हदबन्दीभन्दा बढी जग्गा देखिए के हुन्छ ?

प्रधानमन्त्री तथा मन्त्रीहरूको आइतबार सम्पत्ति विवरण सार्वजनिक भयो। त्यसमा केही मन्त्रीको सम्पत्ति विद्यमान कानुनअनुसार हदबन्दीभन्दा बढी भएको पाइएको छ। केही मन्त्रीको एकाघर परिवार (नछुट्टिएको परिवार) का नाममा रहेको जग्गा भूमिसम्बन्धी ऐन २०२१ को दफा ७ मा तोकिएको व्यवस्थाभन्दा बढी भएको पाइएको हो।

निराशालाई चिर्दै राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न ऊर्जा सञ्चार गरोस् : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा अपेक्षाअनुसारको परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय बनेको बताएकी छन्।

सम्पत्ति छानबिन समिति बन्ने समय गुज्रियो

गत चैत १३ गते बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेपछि जनतामा एक प्रकारको उत्साह छाएको थियो।

नयाँ वर्ष २०८३ ले शान्ति, न्याय र समृद्धि ल्याओस् : ज्ञानेन्द्र शाही

उनले आँखैअगाडि दन्दनी देश अब नजलोस, नेपालीको पसिना परदेश नबगोस, न्याय खोज्न सडकमा आउन नपरोस निर्दोष आँसु कहिल्यै नबगोस भन्दै उनले २०८३ सालको शुभकामना दिए।

मेरो नाममा कुनै सम्पत्ति छैन : सांसद साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सम्पत्तिका नाममा आफूसँग केही नभएको बताएका छन्।

नयाँ वर्षले समृद्ध राष्ट्र निर्माणतर्फ हामी सबैलाई अग्रसर गराओस् : आईजीपी कार्की

बितेका वर्षका अनुभव र सिकाइलाई आत्मसात् गर्दै आगामी दिनमा सुदृढ संकल्प र सकारात्मक सोचका साथ अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन्। नयाँ वर्षले आशा र ऊर्जा सञ्चार गर्ने अपेक्षा गर्दै कार्कीले राष्ट्र निर्माणमा समर्पित हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।

सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

पशुपतिनाथ उत्पत्ति भएको देशमा हामी कोही गरिब छैनौँ, गरिब छ त हाम्रो सोच : सांसद तामाङ

भगवान् शिवको उदाहरण दिँदै उनले भनिन्, 'सुन ,सुन, सुन, फेरि सुन्नु है त यदि सुन नभएर मान्छे गरिब हुने भए भगवान् 'शिव' यो संसारका सबैभन्दा गरिब हुने थिए होला किनकि उनी पर्वतमा बस्छन् ,चट्टानमा सुत्छन्, बाघको छाला उनका कपडा, नागको माला उनको गहनाहो।'

आशा, उत्तरदायित्व र संकल्प २०८३

देशको लगभग ५२ प्रतिशत जनसंख्या ओगटेको महिला जनशक्तिलाई पनि उद्यमशीलतामा लगाउनुपर्छ। महिला सशक्तीकरण केवल नारा होइन, यो आर्थिक क्रान्तिको आधार हो। महिलालाई संख्यामा मात्र अवसर दिने होइन, उनीहरूलाई नेतृत्वमै पुर्‍याएर मात्र देशको वास्तविक विकास सम्भव हुन्छ।

नयाँ वर्षले पाको अनुभव र नवयुवा ऊर्जाबिचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्: अध्यक्ष ओली

नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिइन्छ। वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै छ।

नयाँ वर्ष उन्नति र प्रगतिका लागि विशेष वर्ष बनोस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्ष भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त गरेका छन्।

नयाँ वर्ष नौलो कामको थालनीका लागि नवसङ्कल्प गर्ने अवसरः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्