५ आश्विन २०८१ शनिबार
image/svg+xml

पूर्वराजाप्रति मुस्ताङीको श्रद्धा

बौद्धस्थित बौद्धनाथ स्तुपसँगै छ मुस्ताङ गुम्बा। शनिबार यता मुस्ताङ गुम्बामा निकै भिडभाड देखियो। दैनिक हजारभन्दा बढी मानिस गुम्बामा पुगे। गुम्बा पुग्ने अधिकांश मुस्ताङबासी हुन्। गुम्बा पुग्ने सबैको उद्देश्य एउटै थियो, उनीहरूका पूर्वराजा जिग्मे पलवर बिष्टप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु।

बेमौसमी बाढीले मुस्ताङको घमीमा क्षति

वर्षा नै नभई अचानक आएको बाढीले उग्ररुप लिँदा उपल्लो मुस्ताङको घमीमा व्यापक क्षति पुगेको छ। घमीगाउँभन्दा निकै माथिबाट आएको बाढीले भीषण रुप लिँदा घमीको ढाकमर गाउँमा क्षति भएको हो। हिमपहिरोले बाढीको रुप लिएको हुन सक्ने गाउँलेको अनुमान छ।

हिमपहिरोका कारण उपल्लो मुस्ताङमा बाढी

अचानक आएको हिमपहिरोले उपल्लो मुस्ताङको घमीमा ब्यापक क्षति पुर्‍याएको छ। घमीगाउँ भन्दा माथिबाट आएको बाढीले भीषण रुप लिँदा डाकमर गाउँमा क्षति भएको हो।

मुस्ताङमा वायु ऊर्जाको परीक्षण

मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो ।

मुस्ताङका पूर्वराजा विष्टको निधन

मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको उपचारका क्रममा ओम अस्पतालमा शुक्रबार बिहान निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको थियो। फोक्सोको समस्याबाट पीडित उनलाई उच्च रक्तचाप समेत थियो।

मुखियाको गाउँ मुस्ताङ

मालढुंगा मुस्ताङ पस्ने प्रमुख नाका हो। त्यहाँबाट बेनी बजार हुँदै हिमाली जिल्ला मुस्ताङ पुगिन्छ। त्यहाँवाट बिहान ७ बजे गाडी छुट्ने जानकारी काठमाडौंमै पाएका थियौं हामीले। पर्वतको मालढुंगामा गएर जोमसोमसम्म ८५० रुपैँयाँका दरले टिकट लिनु पर्ने रहेछ। तर, टिकटवालाले देखाएको सिट चार्टअनुसार सिट नपाए पछि त्यहाँ केहीबेर 'डिस्कस' भयो।

राजकुमारले जिते मुस्ताङ रेस

राजकुमार श्रेष्ठ मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसमा च्याम्पियन भएका छन्। मुस्ताङमा पहिलोपटक भएको साहसिक प्रतियोगिताको उपाधि जित्ने क्रममा राजकुमारले निर्धारित दुरी १४ घन्टा ५४ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए। सात चरणमा गरी सकिएको प्रतियोगिताको दौड दुरी २ सय २० किलोमिटर राखिएको थियो।

मुस्ताङ रेसमा राजकुमार अगाडि

कागबेनीबाट सुरु मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेस पहिलो दिन बिहीबार मुक्तिनाथ पुगेर सम्पन्न हुँदा राजकुमार श्रेष्ठ अग्रस्थानमा छन्। उपल्लो मुस्ताङमा पहिलोपल्ट भएको भनिएको रेसको पहिलो दिन राजकुमारले ५७ मिनेट ५० सेकेन्डमा निर्धारित दुरी तय गर्दै अग्रस्थानमा कब्जा जमाउँदा बुद्धिबहादुर तामाङ दोस्रो स्थानमा छन्।

तिहारमा मुस्ताङबाट ५ हजार च्याङग्रा बाहिरिए

नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिएका छन् । दसैंभन्दा तिहारमा एकदमै न्यून मात्रामा च्याङ्ग्रा बाहिरिन्छन् । दसँैमा यसबर्ष २१ हजार भेडाच्याङग्रा निर्यात भएको थियो ।

मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ। जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए। ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए।

दसैँ मनाउन जाने आन्तरिक पर्यटकको मुस्ताङमा चहलपहल

मुस्ताङ-दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन्। दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो। माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । बेनी–जोमसोम हुँदै मोटरसाइकलमार्फत जिल्ला भित्रिने पर्यटक बढी रहेको होटल व्यवसायीले बताएका छन्।

मुस्ताङको पहरामा नुनः मन्त्रीले चाख्दै भने– चर्को छ

सरकारी तहबाट मुस्ताङको नुन खानीलाई थप व्यवस्थित गर्ने र त्यसबाट लाभ लिनेबारे पटक्कै चासो पुगेन। उल्टै आयोडिन नभएको नुन नखानु भनेर सरकारी तहबाटै प्रचार गरियो। विस्तारै मानिसहरुले यहाँको नुन खान छाडे। केही पछिसम्म घर पालुवा चौपायालाई खुवाउनमा मात्रै यो नुनको प्रयोग खुम्चियो। झन्झन् पछि नुन उत्पादक स्थानीय निरुत्साही भए र यो नुनको बजार एकाएक सुक्यो।

मुस्ताङमा कोइलाखानीको पनि अध्ययन हुने

मुस्ताङ– मुस्ताङको जोमसोमस्थित ठिनीमा पर्ने ताङ्दुङ भन्ने ठाउँमा रहेको कोइलाखानीको सरकारले अध्ययन गर्ने तयारी थालेको छ। उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा रहेको युरेनियम, पेट्रोल र नुनखानीको अध्ययन गरेसँगै कोइलाखानीको पनि अध्ययन हुन लागेको हो।

स्थलगतः यसरी गरियो उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको पुष्टि

लोमाङ्थाङ–खानी तथा भूगर्भ विभागले उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको थप पुष्टि गरेको छ। उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित खानी विभागका भूगर्भविद्को टोलीले युरेनियम खानी रहेको प्रमाणहरु संकलन गरेको छ। विज्ञहरुले उपकरणबाट यहाँको माटोमा परीक्षण लिँदा युरेनियमका विकिरणहरु फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्