५ आश्विन २०८१ शनिबार
image/svg+xml

कोरोना त्रासले गाउँमै रोकिए मनाङी र मुस्ताङी

चिसो बढ्दै जाँदा हिमाली जिल्ला मुस्ताङ र मनाङका माथिल्लो भेगका बासिन्दा जाडो छल्न यो बेला धमाधम तल (पोखरा, काठमाडौं, चिवतन, बेशीसहर लगायत) झरिरहेका हुन्थे ।

लोमान्थाङमा खेलग्राम

हिमालपारिको जिल्ला मुस्ताङ अब खेलकुदको गन्तव्य बन्नेछ। रहस्यमय माटोको सहरका रूपमा परिचित मुस्ताङको उपल्लो भाग ‘लोमान्थाङ’ अब खेलकुदको गन्तव्य बन्नेछ।

सुटिङ हब बन्दै ‘मुस्ताङ’

‘जोमसोमे बजारमा, १२ बजे हावा सरररर’ नेपथ्य व्याण्डको गीतले भने झैं जोमसोम साँझ र विहान निकै शान्त हुन्छ। १२ बजेपछि हावा चल्छ। त्यो जोमसोमको विशेषता नै हो। त्यसभन्दा अलि माथि पुगेपछि ताल छ। ढुम्बा ताल। जुन प्राकृतिक दृष्टिकोणले निकै सुन्दर छ। अझ माथि पुग्यो मुक्तिनाथ मन्दिर। जहाँ धार्मिक पर्यटकको आगमन वर्षेनी हुने गरेको छ। अर्कोबाटो लम्किदाँ उपल्लो मुस्ताङ पुगिन्छ। जहाँ फरक भौगोलिक संरचनाले मनै लोभ्याउँछ।

मनाङ र मुस्ताङमा सडक सम्पर्क स्थापित गर्न विकास समितिको निर्देशन

वर्षाले प्रदेशमा भौतिक पूर्वाधारमा पुर्याएको क्षतिबारे समितिको आजको बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँगको छलफलमा समितिले म्याग्दीको गलेश्वरमा गत असार २६ गतेको बाढीले बेलिब्रिज बगाउँदा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको तथा मनाङ जोड्ने सडकसमेत अवरुद्ध रहेकाले अविलम्ब मर्मत गरी सडक सम्पर्क स्थापित गराउन सरकारलाई निर्देशन दिएको हो ।

बौद्धबाट मुस्ताङ पुगेका वृद्धमा कोरोना संक्रमण

हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोनाका बिरामी फेला परेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिकाका ८३ वर्षिय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको हो। मुस्ताङमा संक्रमित फेला परेसँगै प्रदेशका सबै ११ जिल्लामा संक्रमण पुगेको छ।

मुस्ताङमा हावाहुरीसहित हिमपात, जनजीवन प्रभावित

जाडोयाम सकिने बेला मुस्ताङमा बाक्लो हिमपात भएको छ। हिमपातपछि यातायात, विद्युत् र सञ्चारसेवासमेत प्रभावित भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए।

मुस्ताङमा तीन फिटसम्म हिउँ जम्यो(फोटोफिचर)

जाडोयाम सकिने बेलामा हिमाली जिल्ला मुस्ताङमा बाक्लो हिमपात भएको छ। हिमपातले जनजीवन प्रभावित भएको स्थानीय प्रशासनले बताएको छ। बाक्लो हिमपातपछि यातायात, विद्युत र सञ्चारसेवा समेत प्रभावित भएको प्रशासनको भनाई छ।

मुस्ताङमा छैन कोरोनाको चिन्ता

छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन।

एक सय ६ मुलुकका ५८ हजार पुगे

‘जुन–जुन मुलुकबाट एकजनाको दरले विदेशी पाहुना भित्रिएका छन्। ती पाहुनालाई नै नेपालबारे प्रचार गर्ने गरी पर्यटन दूत बनाउने हो भने आगामी वर्ष आगमन अवश्य बढ्छ,’ भुजेलले भने, ‘यसमा सरकारले चासो लिनुपर्छ।’

कलामा सांस्कृतिक लोमान्थाङ

अधिकांश नेपाली युवाहरुको रहर, एकपटक हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने। ल्यान्डस्केप र मरुभूमिजस्तै अनुभूति गराउने सो क्षेत्रको लोमान्थाङ (माथिल्लो भेग) को दृश्यले माटोको सहरको पहिचान दिन्छ। सांंस्कृतिक र प्राकृतिक सम्पदाले भरिएको यो क्षेत्र अवलोकन गर्न विदेशी पर्यटक अतिरिक्त शुल्क तिरेर पुग्ने गर्छन्।

हिमपातले मनाङ र मुस्ताङ सेताम्य (फोटो फिचर)

हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्।

देशभर चिसो बढ्यो, हिमाली जिल्लामा हिमपात

पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशैभर चिसो बढेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ।

मुस्ताङमा भारतीय नागरिकको मृत्यु

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ। भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो

उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ। दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो। चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्