२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

सुटिङ हब बन्दै ‘मुस्ताङ’

लोमान्थाङमा गीतको सुटिङ गरिदैं। तस्बिर:नागरिक

हिमालपारीको जिल्ला मुस्ताङ ! धेरैको लागि रहस्यमय नै छ। विस्तारै मानवीय पाईला बढ्दै गएको छ। यातायातको सहज पहुँज छ। यातायातले मुस्ताङलाई सबैको सहज पहुँच पुर्याइएको दिएको छ। यातायातको सहजतासँगै न्यु लोकसेन सबैको मनमष्तिकमा पस्छ। जति हेरेपनि हेरिरहन मन लाग्ने लोभलाग्दो भूबनोट छ। फरक शैलीको हावापानी छ।  

‘जोमसोमे बजारमा, १२ बजे हावा सरररर’ नेपथ्य व्याण्डको गीतले भने झैं जोमसोम साँझ र विहान निकै शान्त हुन्छ। १२ बजेपछि हावा चल्छ। त्यो जोमसोमको विशेषता नै हो। त्यसभन्दा अलि माथि पुगेपछि ताल छ। ढुम्बा ताल। जुन प्राकृतिक दृष्टिकोणले निकै सुन्दर छ। अझ माथि पुग्यो मुक्तिनाथ मन्दिर। जहाँ धार्मिक पर्यटकको आगमन वर्षेनी हुने गरेको छ। अर्कोबाटो लम्किदाँ उपल्लो मुस्ताङ पुगिन्छ। जहाँ फरक भौगोलिक संरचनाले मनै लोभ्याउँछ।  

न्यु लोकेसनले पछिल्लो समय फिल्मीकर्मीको गन्तव्य बन्दै गएको छ मुस्ताङ। म्युजिक भिडियोदेखि गीतको सामान्य दृष्य खिच्नेमात्रै भएपनि मुस्ताङ आउने गरेका छन्। चलचित्र ‘ऐश्वर्य’को गीतको सुटिङ मुस्ताङमा गरिएको छ। त्यसपछि फिल्म ‘जेरी’ को मुस्ताङको मार्फादेखि ढुम्बा तालसम्मको दृष्यलाई समेटिएको छ। ‘मुस्ताङ पछिल्लो समय फिल्म सुटिङ गर्ने लहर बढ्दै गएको छ’–मुस्ताङको जोमसोमस्थित एक्यापका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले भने–‘फिल्म र म्युजिक भिडियो खिच्ने बढी आउँछन्।’ 

उनका अनुसार वर्षमा २० वटा भन्दा बढी फिल्म सुटिङ गर्न आईपुग्छन्। म्युजिक भिडियोको लागि पनि उत्तिकै आउने गरेका छन्। केही केवल एक दुई मिनेटको सट खिच्नको लागि मात्रै आउनको संख्या यकिन गर्नै सकिदैन्। मुस्ताङमा सुटिङको लागि एक्यापबाट स्वीकृति लिनुपर्छ। राष्ट्रिय निकुञ्ज संरक्षण ऐन अनुसार एक पटकको लागि नेपालीलाई १० हजार रुपैयाँ लिईने गरिएको उनले बताए। सार्क मुलुकको लागि १५ हजार र अन्तर्राष्ट्रिय(तेस्रो मुलुक)लाई १५ सय डलर तोकिएको छ।  

‘कबड्डी कबड्डी, कबड्डी कबड्डी–२’ छिरिङ’ लगायत फिल्म सुटिङ मुस्ताङमै गरिएको छ। घाँसादेखि शुरु हुने मुस्ताङ कोरलानाकासम्म छ। भौगोलिक दृष्टिकोणले समेत सामान्य म्युजिक भिडियो बनाउने र प्रोमो बनाउनेलाई अनुमगनको दायरामा ल्याउन सकिने अवस्था नै नभएको एक्यापको बुझाई छ। डकुमेन्ट्री फिल्म खिच्नेदेखि स्वीकृति लिएर नै फिल्मको सुटिङ गर्नेको संख्या भने बढ्दै गएको आभाष एक्यापले गरेको छ। ‘तिमी आजभोलि किन बोल्दिनौ’ सुदिप गिरीको यो गीतको म्युजिक भिडियो पनि मुस्ताङमै खिचिएको हो।  

‘फिल्म सुटिङ र डकुमेन्ट्री निर्माणले मुस्ताङलाई पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको छ’ कार्यालय प्रमुख दाहालले भने–‘पर्यटन प्रर्वद्धनँसगै राजस्व समेत बृद्धि भएको छ।’ मुस्ताङ फिल्म सुटिङ गर्ने निर्माता तथा कालकारलाई ‘भर्जिन ल्याण्ड’ नै हो। हरेक ठाँउ फरक भौगोलिक संरचना छ। मौलिक शैली छ। प्राचीनता छ। इतिहास छ। रहन सहनदेखि भेषभुषा अनि भूबनोट कलात्मक छ। 

लोमान्थाङमा पनि स्थानीयकै पहलमा ‘आमाखाण्डो’ नामक चलचित्र सुटिङ गरिएको थियो। गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले पनि पर्यटन प्रवद्र्धनको उद्देश्यसहित आफनै लगानीमा ‘लोमान्थाङमै बसम र लोमान्थाङ गाँउ’ नामक दुईवटा गीतको म्युजिक भिडियो बनाएका थिए। ‘पर्यटन प्रवद्र्धनकै लागि लोमान्थाङमै सुटिङ गरिएको हो’ सदस्य विष्टले भने–‘गीतको माध्यमबाट गाँउघरको पहिचान अनि पर्यटन प्रवद्र्धनको अभियान थियो।’  

प्रकाशित: १७ श्रावण २०७७ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App